काठमाडौं साउन २३ । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिष्ट पार्टी क्रान्तिकारी र देशप्रति सर्मपित हुनु पर्ने बताएका छन । नेपाल निकट युवासंघ नेपाल, पिपुल्स भोलियन्टर्स, अनेरास्ववियु र नेपाल खेलकुद महासंघले आयोजना गरेको संयुक्त कार्यक्रममा नेता नेपालले यस्तो बताएका हुन । नेता नेपालले अहमतालाई त्यागेर संगठन विस्तार गर्नुपर्ने बताए ।
उनले भने, ‘युवा संघले गरिरहेको कार्य राम्रा छन, यसलाई अझैं बढाउनु पर्यो ।’ समाजवादको लागि युवाहरुको भुमिका महत्वपूर्ण बताए । उनले भने, ‘संकल्प गरौं असहायलाई साहारा दिने, गरिब निमुखा जनताहरुलाई साथ दिन कम्युनिष्ट विचारलाई विस्तार र लोकप्रिय बनाउने ।’ कार्यक्रममा युवा संघका इन्चार्ज रघुजी पन्तले युवाहरुले नै देश निर्माण गर्नुपर्ने बताए ।
नेपाल निकट युवासंघ नेपाल, पिपुल्स भोलियन्टर्स, अनेरास्ववियु र नेपाल खेलकुद महासंघको संयुक्त समूहले लगनखेलस्थित साझा पार्टी प्यालेसबाट जनवर्गीय संगठनहरुको कमिटी घोषणा गरेको छ । कार्यक्रमको पूर्वसन्ध्यामा युवा–विद्यार्थीहरुले आज ललितपुरमा मोटरसाइकल र्‍याली निकालेको थियो । बागमती प्रदेश कमिटी सदस्य अब्दुल खानको नेतृत्वमा सयौँको संख्यामा निस्किएको मोटरसाइकल र्‍याली चापागाउँ दोबाटो,एकान्तकुना, बागडोल हुँदै सानेपा पुगेर पुनः बागडोल, भनिमण्डल, जावलाखेल, कुमारीपाटी हुँदै कार्यक्रमस्थल पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय