बैतडी ३० पुष । बैतडीमा फेला परेको शवको पहिचान खुलेको छ । बिहीबार साँझ जिल्लाको पाटन नगरपालिका–६ हिरापुर नजिक सडकभन्दा करीब ५० मिटर तल शव फेला परेको थियो ।
उक्त शव दशरथचन्द नगरपालिका–४ का २६ बर्षीय सुरत भुलको रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए । प्रहरीका अनुसार रोजगारीका लागि भारत गएका उनको घर फर्किँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको बताईएको छ ।