
काठमाडौँ : मन्त्रिपरिषद् बैठकले डडेल्धुरामा मेडिकल कलेज सञ्चालन गर्नका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको बैठकले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले उक्त प्रस्तावमा सैद्धान्तिक सहमति प्रदान गरेको हो ।
चिकित्सा शिक्षा सुधारको आन्दोलनमा लागेको डा गोविन्द केसीको माग बमोजिम सरकारले डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न लागेको हो । डा. केसी सबै प्रदेशमा मेडिकल कलेज स्थापनालगायतका माग राखेर लामो समयदेखि आन्दोलनरत छन् ।
त्यस्तै आजको मन्त्रिपरिषद् बैठकमा स्थानीय निर्वाचनको बारेमा भने केही कुरा नभएको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार नेपाली सेनाको रथी दरबन्दी थपको विषयमा पनि मन्त्रिपरिषद्मा छलफल भएन ।
डडेल्धुरा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला हो । Nepal Manch