उमेश प्रसाद वडू
धनगडी साउन २८ । भारतीय सीमा सुरक्षा बल(एसएसबी)का सुरक्षाकर्मीले तुइन फुकालिदिएपछि महाकाली नदिमा वेपत्ता भएका दार्चुलाका ३३ वर्षीय जयसिंह धामीको न्यायका लागी हस्ताक्षर संकलन सुरु भएको छ । आजवाट धनगडीमा मौलिक जोरकिलो पार्टी सुदुरपश्चिम प्रदेशको आयोजनामा धामीको न्याँयका लागी हस्ताक्षर संकलन भएको हो ।
साउन १५ गते व्याँस गाउँपालिका–२ का धामी महाकाली नदि माथिको तुईन तर्ने वेला भारतीय सीमा सुरक्षा बल(एसएसबी)का २ जवानले अमानवीय ब्यवहार गरी हत्या गरेको भन्दै हस्ताक्षर गरी प्रधानमन्त्रिको कार्यालयमा वुझाउने मौलिक जोरकिलो पार्टी सुदुरपश्चिम प्रदेशका अध्यक्ष खिमानन्द जोशीले वताउनु भयो ।
घटनाको निष्पक्ष छानविन, दोषिलाई कार्वाही, पिडित परिवारलाई राहात दिनु पर्ने माग सहित हस्ताक्षर भैरहेको जानकारी गराउनु भयो ।
सिमा क्षेत्रका नागरीकहरुलाई उद्धारको साटो दुष्मनको जस्तो ब्यवहार हुने भन्दै अध्यक्ष जोशीले कुटनितिक माध्यम वाट समाधान हुनु पर्ने वताए । ह्स्ताक्षर कार्यक्रमले छानविनमा सत्य तथ्य कुरा ल्याउने र कुुटनीतिक पहलवाट दोषीलाई कानुनको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण हुने अपेक्षा लिएको छ । ९ हजार सम्म हस्ताक्षर गर्नु पर्ने भएकाले यो कार्यक्रम पर्सि सम्म चल्ने वताइएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to siddatopikhabar
Made with ❤️ By Gorkhaly Labs