अंकित कुँवर, बैतडी । शल्यक्रियाद्वारा बच्चा जन्माएकी सुर्नया गाउँपालिका वडा नं २ लिस्किटाकी २० बर्षीय सुत्केरी सरस्वती पाण्डेको नेपाली सेना र स्वास्थ्यकर्मीको रगतले ज्यान जोगिएको छ ।सदरमुकामस्थित हनुमानध्वज गुल्ममा कार्यरत नेपाली सेनाका जवान र स्वास्थ्यकर्मीहरुले रक्तदान गरेपछि सुत्केरीको ज्यान जोगिएको जिल्ला अस्पतालका सूचना अधिकारी हरिश पन्तले सिद्धटोपि खबरलाई बताउनुभयो ।

अत्यधिक रक्तश्राव भएपछि ज्यान जोखिममा परेको थियो । त्यसपछि नेपाली सेना र अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले रक्तदान गरेपछि पाण्डेको ज्यान जोगिएको जिल्ला अस्पताल बैतडीका निमित्त प्रमुख डा. चैतन्य जोशीले बताउनुभयो ।

सुत्केरी व्याथा लागेपछि जिल्ला अस्पतालमा भर्ना भएकी सरस्वतीले बुधबार शल्यक्रिया मार्फत शिशु जन्माएकी थिइन् । समान्य तवरले बच्चा जन्माउन नसकेपछि सरस्वतीको शल्यक्रिया गरिएको थियो । अहिले आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था समान्य रहेको अस्पतालका सूचना अधिकारी पन्तले बताए । बैतडीमा रक्तसञ्चार केन्द्र नहुँदा रगतको आवश्यकता पर्दा सेना र प्रहरीकै भर पर्नुपर्ने बाध्यता रही आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय