दार्चुला । जिल्लाको दुहुँ गाउँपालिका बडा न २ मा एकै दिन नेकपा एमालेका १६ र माओवादीका १ गरी १७ जनाले नेपाली कांग्रेस प्रवेश गरेका छन ।
स्थानिय चुनावको समय नजिकिदै गर्दा एमाले र माओबादीलाई ठुलो धक्का लागेको छ । एमालेका १६ जनाले एकै पटक कांग्रेसमा प्रवेश गरेको दुहुँ गाउँपालिका वडा नम्बर २ का सचिव केशर सिह कार्कीले जानकारी दए । नेपाली कांग्रेस दुहुँ गाउँपालिका वडा नम्बर २ को पार्टी कार्यालय उद्घाटन कार्यक्रममा उनिहरुले एमाले परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेको सचिव कार्कीले जानकारी दिए ।
एमाले परित्याग गरि दुहुँ गाउँपालिका वडा नम्बर २ का करन सिंह कार्की, विक्रम सिंह डडाल, धन सिंह डडाल, भागरथी डडाल, सरस्वती डडाल, परुली डडाल, धाना कार्की, छुङका देवी कार्की, भागरथी कार्की, दिलिप सिंह बडाल, विर सिंह बडाल, जमन सिंह कार्की, हरक सिंह समाल, धनबहादुर बम, पशुपति शाहु र तुला भुल गरी १६ जनाले एमाले परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेको उनले बताए । यस्तै नेकपा माओबादी केन्द्र परित्याग गरी करन सिंह बडालले पनि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
एमाले र माओबादी पार्टी परित्याग गरी नेपाली कांग्रेस प्रवेश गर्नेहरुले नेपाली कांग्रेस पार्टीको निति, सिद्धान्त र ५ बर्षे कार्यकालमा दुहूँ गाउँपालिका सरकारले गरेका सकरात्मक कार्यहरु मन परेकोले आफुहरु कांग्रेसमा प्रवेश गरेको प्रतिक्रिया दिएका छन् । आफुहरुले कम्युनिष्टहरुलाई दुई तिहाईको मत दिई ५ बर्षे सरकार चलाउन सुम्पेको भएपनि आन्तरीक कुर्सीको लडाई गरी ३ बर्षमै सरकार ढालेको ठुला ठुला भ्रष्टाचारका काण्डमा लिप्त रहेकोले आफुहरुले नेपाली कांग्रेस रोजेको प्रतिक्रिया दिएका छन ।
यसैबिच नेपाली कांग्रेस दुहुँ गाउँपालिका वडा नम्बर २ को पार्टी कार्यालय उद्घाटन गरिएको छ । पार्टी सभापति अम्भादत्त जोशीको सभापतित्व तथा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सचिव एंव दुहुँ गाउँपालिकाका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीको प्रमुख आतिथ्यततामा कार्यक्रम गरिएको थियो । पार्टी कार्यालय उद्धघाटन समारोहलाई सम्बोधन गर्दे नेपाली कांग्रेस दार्चुलाका पार्टी सचिव एवम दुहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले आउँदै गरेको स्थानिय तहको चुनावमा नेपाली कांग्रेस पाटीले दुहुँ गाउँपालिका वडा सदस्य देखी पालिका अध्यक्ष सम्मको सम्पुर्ण टिमले बहुमतका साथ जित्ने दाबी गरे । आफु नेतृत्वको पाँच बर्षे कार्यकालमा दुहुँ गाउँपालिकाको चौतर्फी बिकाश गरेको भन्दै सवै दुहुँ वासी जनताले आफु नेतृत्व र पाटीलाई बिश्वास गरेको वताए । आफुहरुले गरेका महत्वपुर्ण कामका कारण आज पाटीका हरेका कार्यक्रममा नेकपा एमाले र माओबादीवाट पाटी परित्याग गरि आउनेहरुको संख्या उल्लेख्य रहेको बताए । थल सिलङचौरा बहुउदेश्यिय झोलुङगे पुल, सिद्धटोपी क्षेत्रको भ्यू टावर ठाउँ ठाउँमा निर्माण भएका सडक, बृहत खानेपानी, चिल्र्डन पार्क, कृषि र पशुको क्षेत्रमा गाउँपालिकाले लगानी गरी गाउँपालिकाको मुहार फेरिने गरि काम गरेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेस दुहुँ गाउँपालिका सभापति नरेन्द्र सिंह कुवरको विशिष्ट आतिथि रहनु भएको थियो । कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य तथा नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।