दार्चुला । जिल्ला बर्ड फ्लु समन्वय समितिको बैठक सम्पन्न भएको छ । सोमवार भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाको आयोजनामा जिल्ला प्रशासन कार्यालमया बैठक सम्पन्न भएको हो । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाका कार्यालय प्रमुख राम बहादुर खड्का प्रदेश नम्वर १ मा हालको अवस्था बर्ड फ्लु संक्रमण रहेको जानकारी गराउनु भएको थियो ।

नेपालमा पक्षीबाट सर्ने रुघाजस्तो एकप्रकारको रोग बर्ड फ्लु भएकाले यसवाट आफु र आफ्नो परिवारलाई वचाउनु पर्नेमा सरोकारवालाहरुले जोड दिनु भएको छ । पक्षीको प्वाँखहरु, नाकवाट निस्कने तरल पदार्थवाट यो रोग मानिसमा संक्रमण हुने भन्दै कार्यालय प्रमुख खड्काले यसवाट सचेत रहन आग्रह गर्नु भएको छ ।
जिल्ला सदरमुकाम खलंगाको बजार क्षेत्रमा भारतिय सेतो अण्डाको अवस्था भयावह रहेको सरोकारवलाहरुले गोष्ठिमा जानकारी गराउनु भएको थियो ।

प्रमुख जिल्ला अधिकारी एवम जिल्ला बर्ड फ्लु रोग नियन्त्रण प्राविधिक समितिका अध्यक्ष दिर्घराज उपाध्यायको अध्यक्षता सम्पन्न बैठकले सिमा नाकामा अवैद्य रुपमा नेपाल भित्रिने अण्डा, माछा, मासु, दाना, लगायतका सामाग्रीलाई पुर्ण रुपमा नियन्त्रण गर्ने र नेपालबाट जिल्लामा आयातित हुने वस्तुहरुलाई मापदण्डका आधारमा ढुवानी गर्ने निर्णय भएको कार्यालय प्रमुख खड्काले बताए ।अण्डाको आयात लुकि छिपी फाटफुट आउने गरेको जसले गर्दा भारतियनाका बाट अवैध रुपमा आउने पन्छी जन्यवस्तु लाई कडाईका साथ निगरानी गर्नुका साथै छिमेकी जिल्ला वाट आयात हुने कुखुरा तथा पन्छी जन्य दाना ,अण्डा लगायतका वस्तुलाई पनि निगरानी गरि दार्चुला जिल्लामा वर्ड्फ्लु रोग भित्रीन नदिन सरोकार वाला सवैले विशेष ध्यान दिनु का साथै वर्डफ्लु भित्रीन नदिन सेवा र टेवा पुरयाउने निर्णय गरियो । जिल्ला प्रशासन कार्यालय दार्चुलामा सम्पन्न बैठकमा जिल्ला स्थित सरोकारवालाहरुको उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय