बैतडी । बैतडीको पातालभुवनेश्वरधाममा हरेक शिवरात्रीको दिन ठूलो मेला लाग्ने गर्दछ । सो मेलामा जिल्लाका विभिन्न ठाउँबाट दर्शन गर्न आउनेको ठूलो भीड लाग्ने गर्दछ । पातालभुवनेश्वरधामको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । चारैतिर वनजंगलले घेरेको बीचमा प्राकृतिक ताल रहेको पातालभुमेश्वरमा एउटा मुख्य गुफा र अन्य चारओटा गुफा रहेका स्थानीय जानकारहरुले बताएका छन् । सडकबाट झण्डै आधाकिलोमिटरको दुरीमा रहेको पातालभुवनेश्वरधाममा अझै सडक पुग्न सकेको छैन् । अस्थाको केन्द्र पाताल भुवनेश्वर धाम जिल्लाको सुर्नया गाउँपालिका २ स्थित पाताल भुवनेश्वर धाम प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय