दिपक खाती, दार्चुला । ब्यास गाउँपालिकाको १० औं गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको छ  । ब्यास गाउँपालिका अध्यक्ष एवं गाउँसभा अध्यक्ष दिलिप सिह बुढाथोकी को अध्यक्षतामा बसेको गाउँसभाले ८ वटा ऐन कार्यविधि पारित गरेको छ । साथै भौगोलिक रूपमा विकट रहेको समारिक महत्त्व बोकेको वडा नम्बर १ छाङरु,तिङकर लाई र वडा नम्बर २ राप्ला लाई विशेषक्षेत्र घोषणा गर्न संघ,प्रदेश सरकारलाई आग्रह गर्ने र ब्यासमा मात्रै बसोबास गर्ने सौका समुदायलाई अल्पसंख्यक एवं सीमान्तकृत जातिमा समावेश गर्न संघ सरकार लाई आग्रह गर्ने निर्णय गरिएको छ ।
गाउँसभामा बोल्दै वडा नम्बर ४ का वडा अध्यक्ष संग्राम सिह बिष्ट ले आफ्नो ५ बर्षे कार्यकालमा गाउँपालिका अध्यक्ष दिलिप सिह बुढाथोकी जस्तो शालीन, भद्र, दुरदर्शि र विकास प्रेमी व्यक्ति शीत काम गर्न पाँउदा आफुलाई गर्व लागेको बताएका छन् । त्यस्तै गाउँपालिका अध्यक्ष बुढाथोकीले गाउँसभा लाई सम्बोधन गर्दै आफ्नो ५ बर्षे कार्यकाल सकिनै लाग्दा जनताले दिएको जिम्मेवारी पुरा गर्ने क्रममा आफू कहिँ नचुकेको र स्थानीय सरकारको श्रोतसाधनले भ्याएसम्मका बिकास निर्माणका कामहरू गरेर शिक्षा,स्वास्थ,यातायात,संचार,विद्युत,कृषि,पशु क्षेत्रमा विकास गरेर,धुवामुक्त ब्यास,खरमुक्त ब्यास,हिलो मुक्त ब्यास,जस्ता जनताको जीवन संग प्रत्यक्ष सरोकार राख्ने लोकप्रिय कामगरेर समृद्ध ब्यास निर्माणको आधार स्तम्भ खडा गरेर समृद्धिको जग निर्माण गरेको बताउनुभयो । साथै आजसम्म गाउँपालिका लाई साथ सहयोग गर्नुहुने सम्पुर्ण जनप्रतिनिधि, कर्मचारी लाई धन्यवाद दिदै पुरुष जनप्रतिनिधि लाई ढाकाको टोपी र महिला जनप्रतिनिधि लाई पछ्यौरी ओढाएर मायाको चिनो समेत प्रदान गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय