अंकित कुँवर बैतडी । दार्चुलाको लेकम गाउँपालिकाको एक विद्यालयमा कार्यररथ शिक्षक शिक्षिकाले आफ्नो व्यक्तिगत कामका लागि बाहिर जाँदा विद्यालयमा सर्वसाधारणलाई पठपाठन गर्न अनुमति दिएर जाने गरेको पाइएको छ ।

लेकम गाउँपालिका वडा नम्बर २ गराडी स्थित मालिकार्जुन आधारभूत विद्यालय गराडीमा कार्यरत शिक्षक शिक्षिकाहरुले भाडामा शिक्षक राखेर व्यक्तिगत कामका लागि बाहिर जाने गरेको पत्रकार लोकेन्द्र सिंह कार्कीले सिद्धटोपी खबरलाई जानकारी दिनुभयो । उक्त विद्यालयमा कार्यरत शिक्षक लक्ष्मी प्रशाद जोशी र शिक्षिका सरस्वती धामीले व्यक्तिगत कामका लागि बाहिर जाँदा शिक्षिका धामीले आफ्नो छोरा प्रकाश धामी र शिक्षक जोशीले स्थानीय पार्वती कार्कीलाई पठनपाठन गर्न अनुमति दिएर बिदामा गएको पत्रकार कार्कीले बताउनुभयो । अहिले विद्यालयमा विद्यार्थीहरुलाई पढाईरहेको धामी र कार्की संग अध्यापन अनुमती समेत छैन । सो विद्यायलमा पटक पटक यस्तो कार्य हुर्दै आएको स्थानीय दर्गा सिंह धामीले बताउनुभयो । यो बिषयमा भाडामा शिक्षक राखेर आफ्नो व्यक्तिगत कामका लागि बाहिर गएको भन्ने आरोप लागेका शिक्षक लक्ष्मी प्रशाद जोशीसंग बुझ्दा मेरो छोराको दाँतमा सुजन आएको र गोकुलेश्वर अस्पत्तालमा चेक जाँज गर्दा बारिर जानुपर्ने शुझाव दिएका कारण म काठमाडौं आएको केही दिन विद्यालयमा उपस्थित हुन नस्कने भएका कारण व्यवहारिक रुपमा मिलाएर विद्यार्थीहरुलाई केही सहज होस भन्ने उदेष्यले एक जना स्थानीयलाई पठनपाठन गर्न भनेको बताएका छन् ।

शिक्षिका धामीले महेन्द्रनगरमा घर बनाईरहेकोले केही दिन विद्यायलमा हाजिर हुन नसक्ने भएको कारण छोरालाई पठन पाठन गर्न भनेको बताउँदै यसअधि नि पटक पटक अरु शिक्षिकले मान्छे राख्ने भएका कारण मैले पनि राखेकी र १,२ दिन भित्रैै विद्यालयमा हाजिर हुने बताउनुभयो । उनीहरुले यसरी अध्यापन अनुमती समेत नभएका स्थानीयलाई विद्यायमा पठनपाठन गर्न लगाउनु गलत कार्य भएको बताउँदै वद्यालय व्यवस्थापन समितिले समेत कुनै चाँसो नदेखाएको विद्यालयका प्रधानाध्यापक धर्मानन्द भट्टले बताउनुभयो । यसैगरी व्यवहारिक हिसाबले उनीहरुलाई पठनपाठन गर्न दिएको र लगत्तै हटाउने विद्यालय व्यवस्थापनका अध्यक्ष दानसिंह धामीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय