दार्चुला । मंगलवार १ सय १२ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ । ‘सामाजिक न्याय लैङ्गिक समानता, दिगो विकासको सुनिश्चितता‘’ भन्ने मूल नाराका साथ दार्चुलाका ९ वटै स्थानीय तहहरुमा दिवस मनाइएको हो । अन्तर्राष्टिय महिला दिवसको अवसरमा महिलाहरुले विभिन्न कार्यक्रम गरी मनाएका छन् ।

जिल्ला सदरमुकाम खलंगामा महाकाली नगरपालिकाको आयोजना तथा अन्य सरकारी तथा गैरसरकारी संस्थाहरुको सहयोगमा दिवस मनाइएको छ । बिहान नारीहरु बजार ¥याली सहित निस्किएका थिए । ¥याली पश्चात छन्ना तिंकरी कन्या माविमा एक औपचारीक कार्यक्रमको आयोजना गरिएको हो । उक्त कार्यक्रममा जिल्ला भ्रमणको दौरानमा दार्चुला पुगेका नेपालका प्रथम ऐतिहासिक जगतगुरु अनन्त श्री विभुषित बाल सन्त मोहनशरण देवाचार्यले प्रवचन दिनु भएको छ ।

उहाले नारी दिवसलाई सम्बोधन गर्दै नारी भनेका सृष्टि हुन, नारीले अधिकार पाउनलाई पुरुषसँग लड्ने नभई स्वयम आफू शक्तिशाली बन्नुपर्ने बताउनुभयो । देवाचार्यले दार्चुलामा दुई ज्योर्तिलिंग रहेको बताउदै त्यहा ज्योर्तिलिङ्ग स्थापनासमेत गर्नुभएको छ । उनले शिभरात्रीको अघिल्लोदिन मात्रै मालिकार्जुनमा र त्यसपछि नौगाड गाउँपालिका १ नागुमा ज्योर्तिलिङ्गको स्थापना गरेका हुन् । शिवका १२ ज्योर्तिलिङ्ग मध्ये दार्चुलामा दुई तथा सुदूरपश्चिममा मात्रै ६ ज्योर्तिलिङ्ग रहेको उहाले बताए । साथै उहाले देवभूमी रहेको दार्चुलालाई विश्वसामु चिनाउनु पर्ने बताए । नारी दिवस सबै स्थानीय तहले विविध कार्यक्रम गरि मनाएका छन् । नारी मुक्ति आन्दोलनकी अभियन्ता

क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदार माथी भएको श्रम शोषण विरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर आजको दिन नारी दिवस मनाउने प्रचलन छ । सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तराष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी भइन् । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग अघि सारेर महिलाहरूले हडताल र विशाल जुलुस प्रदर्शन गरे । महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रूपमा ८ मार्चलाई लिने गरिन्छ ।

जर्मनीकी मार्क्सवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरूको द्वितीय अन्तराष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तराष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन् । जसलाई सम्मेलनले पारित गर्यो र सन् १९११ देखि महिला दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय