दार्चुला । दार्चुलामा प्रहरीले शुक्रवार ठूलो मात्रामा लागूऔषध (चरेश) बरामद गरेको छ। जिल्लाको महाकाली नगरपालिका–४ तितरसैनस्थित एक पसलबाट करिब एक किलो चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
बिक्री गर्ने उद्धेश्यले राखिएको अवस्थामा चरेश बरामद गरिएको हो । खुला सीमानाका कारण दार्चुलाबाट भारततर्फ अवैध लागूऔषध चरेश तस्करी हुने गरेको छ ।

