दार्चुला । मालिकार्जुन गाउँपालिका ८ धामीगाडामा टेक्टर दुुर्घटना भएको छ । वजर गुफ्र कन्सट्रक्सन प्रा.लि को टेक्टर दुर्घटना हुँदा कम्पनिका साईड ईन्चार्ज बासुदेव जोशी घातेई भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी माधव विश्वकर्माले जानकारी दिए ।

सोही ठाउँमा पुनः निर्माण भैरहेको सडक खण्ड माटो फाल्ने क्रममा से १ च ५४९६ नम्वरको टेक्टर दुर्घटना भएको हो । चालक पारस ओडले चलाएको टेक्टर सडकबाट अन्दाजी १ सय मिटर तल खसेको थियो ।

घाइते जोशीको जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि उपचारका लागि धनगढी रेफर गरिएको अस्पताल स्रोतले जनाएको छ । चालक भने प्रहरी नियन्त्रणमा आई सकेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय