दार्चुला। आगामी वैशाख ३० गते हुने स्थानिय चुनावलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले लाइसेन्स प्राप्त हतियार प्रहरीमा बुझाउन आग्रह गरेको छ । जिल्ला प्रशासनले यही चैत अन्तिमसम्म घरमा राखिएका हतियार बुझाउन आग्रह गरेको हो । हतियार नजिकको प्रहरी इकाइमा बुझाउन सकिने प्रशासनले जनाएको छ ।
