वडानम्बर ४ को उच्च भुभागमा रहेको ऐरिछाना बस्तीमा सोलार पम्पीङबाट खानेपानी सञ्चालनमा रहेकोले घाम नलागेको दिन खानेपानीको समस्या झेलिरहनुपर्नेे हुँदा विद्युतीय मटरबाट खानेपानी सञ्चालन गर्न ऐरिछानामा थप एक विद्युत ट्रान्सफर्मर समेत उपलब्ध गराइदिन सम्बन्धित कार्यालयलाई ताकेता गरिदिन सदस्य धामीले प्रमुख जिल्ला अधिकारी उपाध्यायलाई आग्रह गर्नुभएको छ ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी उपाध्यायले यस समस्याका लागि विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुलालाई ताकेता गर्ने आश्वासन दिएको सदस्य धामीले जानकारी दिनुभयो । kalapaninews
