दार्चुला । अछाम जिल्ला घर भई अमेरिकामा काम गर्दै आईरहनु भएका मानसिक रोग बिशेषज्ञ डाक्टर आशिष कुवरले बिद्यालयमा अध्ययनरत बिद्यार्थीाहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गर्नु भएको छ ।
जिल्ला सदरमुकाम गल्फै स्थित जगन्नाथ आधार भुत बिद्यालयमा अध्ययनरत वालवालिकाहरुलाई पढाईमा सहज होस् भन्ने उदेश्यले शैक्षिक सामग्री हस्तान्तरण गर्नु भएको हो । सुक्रवार बिद्यालयमा पुगी डाक्टर कुँवरले बिद्यालयमा अध्ययनरत अनाथ, अपाङ्ग गरीब तथा जेहेन्दार बालबालिकाहरूलाई स्टेशनरीका सामग्रीहरू उपलब्ध गराएको बिद्यालय श्रोतले जनाएको छ ।
बिद्यालयमा अध्ययनरत ३३ जना बिद्यार्थीहरुलाई कापी लगायतका शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन्न । कुवरले यस अघि पनि सुदुरपश्चिमका बिभिन्न बिद्यालयहरुमा यसै गरी शैक्षिक सामग्री हस्तान्तरण गर्दै आउनु भएको छ ।
