धनगढी । अत्तरियामा अवरुद्ध पारिएको यातायात खुलेको छ । शनिबार बिहान अत्तरियास्थित पद्मा अस्पतालमा उपचाररत गोदावरी नगरपालिका –३ का ३८ वर्षीय विनोदकुमार बोहराको मृत्यु भएको थियो ।

डाक्टरको लापर्बाहीका कारण मृत्यु भएको भन्दै आक्रोशित भएका मृतकका आफन्तले अस्पतालमा ढुंगामुडा प्रहार गरेका थिए भने, अत्तरियाको यातायात पनि अवरुद्ध पारेका थिए । अहिले अवरुद्ध यातायात सञ्चालनमा आइसकेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले बताएको छ ।

ढुंगामुडा प्रहारबाट अस्पताल बाहिरका सिसा फुटेका छन् । आक्रोशित भिड तितरवितर गर्न प्रहरीले अश्रु ग्यास समेत प्रयोग गरेको थियो । आक्रोशित आफन्त र अस्पतालबीच सहमतिको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
साभारः दिनेश खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय