मनिसा बिष्ट, ब्याँस । ब्याँस गाउँपालिका भित्रका सम्पुर्ण बिद्यालयहरुलाई गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले खेलकुद सामग्री सहयोग गरेको छ । शिक्षा युवा तथा खेलकुद शाखाको आर्थिक वर्ष २०७८÷०७९ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार ब्याँस गाउँपालिका भित्रका २५ वटा विद्यालयहरु लाई खेलकुद सामग्री सहयोग गरेको हो । मंगलवार गाउँपालिकाको कार्यालयमा बिद्यालयका प्रतिनिधी बोलाएर गाउँपालिका अध्यक्ष दिलिप सिह बुढाथोकीले हस्तान्तरण गर्नु भएको छ ।
हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष बुढाथोकीले आफ्नो ५ बर्षे कार्यकाल भित्र गाउँपालिका भित्रका २५ वटा बिद्यालयहरु मध्ये १५ वटा बिद्यालयहरुको भवन पुन निर्माण, आईसिटी कक्षा स्थापना, बिद्यालयमा दक्ष जनशक्ति ब्यवस्थापन, शिक्षक दरबन्दी लगायत महत्वपुर्ण कर्य गरेको धारणा राखेका थिए । त्यस्तै कक्षा ८ को बोर्ड परिक्षाका लागि बिद्यालयहरुलाई शैक्षिक सामग्री समेत हस्तान्तरण गरिएको छ ।
