दार्चुला । दुहुँ गाउँपालिकामा एक महिला झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् । दुहुँ गाउँपालिका वडा नम्बर १ खेतीगाड बस्ने २१ वर्षीय सुनिता भट्ट घर नजिकैको टुनीको रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी एवं प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिए ।
बिहीवार साढे १२ बजेको समयमा घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा परिवारले देख्ने बित्तिकै प्रहरीलाई खबर गरेको तथा खबर हुनासाथ जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरिक्षकको टोली घटनास्थल पुगी मुचुल्का उठाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको विश्वकर्माले बताए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
