दार्चुला । नदीमा हाम फालेकी एक महिलाको मृत्यु भएको छ । जिल्लाको महाकाली नगरपालिका–४स्थित घाटबजारको एक होटलमा काम गर्ने अपिहिमाल गाउँपालिका–४ खात्तिकी अन्दाजी २८ वर्षीया दमन्ती धामीले महाकाली नदीमा हाम हालेकी हुन् । आइतबार बिहान १० बजेको समयमा रिङनतालको सिढीबाट महिलाले महाकाली नदीमा हाम फालेको स्थानीयले बताएका छन् । सोही स्थानमा आवतजावत गर्ने मानिसहरूले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
त्यस लगत्तै नेपाल प्रहरीका प्रहरी निरिक्षक माधव बिश्वकर्मा नेतृत्वमा ११ जना र सशस्त्र प्रहरीको टोलीले करिव २ किलोमिटर तल वडा नम्बर ५ नमस्कार मन्दिर क्षेत्रको किनारबाट मृत अवस्थामा शव निकालिएको बिश्वकर्माले बताइएको छ । उनका अनुसार मृतकको नाम, ठेगाना नखुलेको तथा अनुसन्धान भइरहेको बताएका छन । मृतकको शव जिल्ला अस्पताल दार्चुलामा राखिएको छ।
