दार्चुला । ब्याँसी शौका महिला समूह द्वारा संचालित पाँच दिने मिठाई बनाउने तालीम सम्पन्न भएको छ । ब्याँस गाउँपालिको आर्थिक सहयोगमा सीप विकास (मिठाई बनाउने) तालिम सोमवार सम्पन्न भएको छ । ब्याँस गाउँपालिकाको १ लाख ४० हजार आर्थिक सहयोगमा तालीम संचालन भएको थियो ।
सीप विकास तालिममा २५ जना महिलाहरुको सहभागिता रहेको थियो । मन्जु बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि ब्याँस गाउँपालिका अध्यक्ष दिलिप सिह बुढाथोकी रहनु भएको थियो । कार्यक्रमलाई सम्वोधन गर्दे अध्यक्ष बुढाथोकीले तालिममा प्राप्त गरेको सिपलाई ब्यवसायीक रुपमा लिई आय आर्जन बढाई आत्मनिर्भर हुन आग्रह गरे । तालिमको प्रशिक्षण मनिसा नवियाल र गोविन्द राठौरले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय