दार्चुला । राष्ट्रिय भुमि आयोग दार्चुलाको सचिवालय उद्घाटन गरिएको छ । आईतबार जिल्ला समन्वय समितको कार्यालयमा सचिवालयको उद्घाटन गरिएको हो । भुमि आयोग दार्चुलाका अध्यक्ष लाल सिह धामीको अध्यक्षतामा गरिएको उद्घाटन समारोहका प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख करबिर बहादुर कार्की रहनु भएको थियो ।
उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवम जिल्ला समन्वय समिति प्रमुख करबीर बहादुर कार्कीले आफ्नो लक्ष्य उदेश्य अनुरुप कार्य गरी जनताको अपेक्षा पुर्णहुने गरी काम गर्न आग्रह गर्नु भयो । भुमि सम्वन्धि नागरीकका हरेक समस्या रहेको भन्दै आयोगले गतिमा काम गरी समस्या समाधान गर्नु पर्ने बताए । अहिले सम्म जिल्लामा ६ वटा भुमि आयोग गठन भैसकेको भन्दै प्रमुख अतिथि कार्कीले जन अपेक्षा अनुरुप पहिलो चोटी गठन भएको आयोग बाहेक अरु आयोगले काम गर्न नसकेको वताए ।
त्यस्तै महाकाली नगरपालिका प्रमुख हंशराज भट्टले अब्यवस्थीत जिल्ला सदरमुकाम लगायत पालिका सदरमुकामहरु ब्यवस्थीत गर्नेमा आयोग प्रति विश्वास ब्यक्त गरे । नेपाली काँग्रेस पाटी सभापति ललित सिह बोहराले आयोगहरु जति बनेपनि जन अपेक्षा अनुसार काम नगरेको भन्दै यो नयाँ गठन गरिएको आयोगले दुर्त  गतिमा काम गर्ने विश्वास ब्यक्त गरे । अध्यक्ष लालसिह धामीले यो भन्दा पुर्व गठित आयोगले गरेको कामकाजको फाईल आजकै दिन देखी हेर्ने र जनताका अपेक्षा अनुरुप काम गर्ने बताए ।
सरकारले आफु नेतृत्वको पदाधिकारीलाई दिएको जिम्मेवारी पुर्ण रुपमा पुरा हुनेमा बिश्वास दिलाए । कार्यक्रममा दुहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्की, प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याय, सशस्त्र प्रहरी बल नेपाल नम्वर ४४ का गणपती त्रिभुवन बिष्ट, अनुसन्धान अधिकृत महेश अवस्थी, प्रहरी ईन्सपेक्टर माधव बिश्वकर्मा, जिल्ला बन कार्यालयका प्रमुख, नापी कार्यालयका प्रमुख मालपोत कार्यालय प्रमुख एवम पत्रकारहरुको उपस्तिथि रहेको थियो । भुमि आयोग अध्यक्षमा लाल सिह धामी, सहित २ जना सदस्य रहेका छन । सदस्यहरु पान सिह धामी र लक्ष्मी लुहार हुन्न ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय