बैतडी । बैतडीमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालय स्थापना भएका छन् । आज (बिहीबार) जिल्लाभरीका १० ओटै स्थानीय तहमा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना गरिएको छ । कार्यालयबाट निर्वाचन सम्बन्धि कामहरु आजबाट नै सुचारु हुनेछन् ।

१० ओटै स्थानिय तहका अधिकृृत को को हुन् ?

१.पञ्चेश्वर गाउँपालिकामा धर्मानन्द जोशी
२.सुर्नया गाउँपालिकामा सिद्धराज जोशी
३.दोगडाकेदार गाउँपालिकामा गोकुलप्रसाद बोहरा
४.डिलाशैनी गाउँपालिकामा विष्णुदत्त भट्ट
५.शिवनाथ गाउँपालिकामा रामबहादुर हमाल
६.सिगास गाउँपालिकामा प्रेमराज खरेल
७.पुर्चौंडी नगरपालिकामा केवलीराम अधिकारी
८.मेलौली नगरपालिकामा जनकसिंह बोहरा
९.पाटन नगरपालिकामा ईश्वरीदत्त जोशी
दशरथचन्द नगरपालिकामा हकमा भने मुख्य निर्वाचन अधिकृतले नै कामकाज गर्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय