बैतडी । सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले लगातर दोस्रो विज्ञापन खोलेको छ । स्थायी पदपूर्ति गर्न आयोगले दोस्रोपटक बुधबार कर्मचारीको विज्ञापन खोलेको हो । पाँचौ तह प्राविधिक सहायक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको हो ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले माग गरेअनुसार स्थायी पदपूर्तिका लागि विज्ञापन गरिएको आयोगले जारी गरेको सूचनामा जनाएको छ । शिक्षा प्रशासनको प्राविधिक सहायकका लागि खुलातर्फ ७ जना, महिलातर्फ २, आदिवासी जनजाती, मधेसी र दलिततर्फ १÷१ गरी १२ पदमा विज्ञापन गरिएको छ ।

यसअघि प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती सेवाअन्तर्गत नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, तहविहीन, वन रक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको थियो ।
