दार्चुला । जिल्ला सदरमुकाम खलंगामा गय राती एक पसलमा चोरी भएको छ । महाकाली नगरपालिका ४ खुलामञ्च अगाडि एक पसलमा चोरी भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

दि ब्याङसु जनरल स्टोर एण्ड सप्लायर्सका संचालक नरेन्द्र सिह ऐरीको पसल बाट नगद १२ हजार चोरी भएको  संचालक ऐरीले बताए । ऐरीका अनुसार भारतीय शाहुलाई तिर्न केही भारू र नेपाली जम्मागरी पसलको गल्लामा राखेको र तिनै पैसा चोरेको वताए । रकम जति भएपनि पसलकै गल्लामा राख्ने गर्दथे घर नजिक भएपनि आफुले पैसा कहिलेपनि घरमा नलिने वताए । पैसा बाहेक अन्य समान चोरी भएको छैन ।

सटरमा लगाएको ताल्चा तोडी चोर भित्र पसेर गल्लाबाट नगद रुपैया लगेको प्रहरीले जनाएको छ । रातिको समयमा चोरी भएका कारण चोर पत्ता लाग्न नसकेको प्रहरीको भनाई छ । ताल्चामा लुवाको रडले हानी तोडेको छ । चोरी भएको पसल नजिको एक सय मिटरमा जिल्लाप्रहरी कार्यालय रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय