दार्चुला । जिल्लको मालिकार्जुन गाउँपालिका वडा नम्बर १ मेलिखेतमा जिप दुर्घटना भएको छ ।
सनिवार राती एमालेको प्रचार–प्रसारमा प्रयोग गरिएको म १ ज २३९ नम्बरको जिप राती दुर्घटनामा परेको खुल्न आएको छ । जिप सडकबाट करिव २०÷२५ मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ । एमालेको झण्डा र प्रचार–प्रसारमा प्रयोग गरिएका साउण्ड सिष्टम पनि सोही गाडीमै देख्न सकिन्छ । नेकपा एमाले मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्षका उम्मेदवार  लोकेन्द्र सिंह धामीको जिप रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
उक्त जिपका चालक तारा चैसिर सुतेको बेलामा मेलखेतकै राजेन्द्र सामन्तले चलाउदा दुर्घटना भएको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार शनिबार राती करिव ११ बजे तिर जिप दुर्घटना भएको हो । दुर्घटनामा मानविय क्षति नभएको तथा जिपमा भने क्षति पुगेको प्रहरीले जनाएको छ । घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय