दार्चुला । वनमा चर्न गएको बेला किम्तडी भिरबाट लडेर बिच भिरमा अडकिएको चौरीगाईलाई सशस्त्र प्रहरीको टोलीले उद्दार गरेको छ । १०÷१२ दिन पहिले लडेको उक्त चौरीगाईलाई आज मात्रै उद्धार गरिएको हो । गाई धनिले घट्नाबारे सशस्त्र प्रहरीलाई आज मात्रै खबर गरेका थिए । घट्नाबारेको खबर पाउना साथ सशस्त्र प्रहरीको ४४ नम्बर गण हेडक्वाटर दार्चुलाबाट सशस्त्र प्रहरी सहायक निरिक्षक केशव दत्त भट्टको नेतृत्वमा खटिएको १३ जना सशस्त्र प्रहरीले डोरीको सहायताले गाईको उद्दार गरेको सुचना अधिकारी एवं सशस्त्र प्रहरी नायव उपरिक्षक जगत डागाले जानकारी दिनुभयो ।
उक्त चौरीगाई सौका समुदायका मानिसको रहेको उहाले बताउनुभयो । महाकाली नगरपालिका–५ मा रहेको किम्तडी वनमा सौका समुदायका मानिसहरु आफ्ना गाईबस्तुलाई चराउन लैजाने गरेका छन् । ब्याँस गाउँपालिकाको छाङरु र तिंकरमा बसोबास गर्ने सौका समुदायकाले चौरीगाई पाल्ने गर्दछन् । सशस्त्र प्रहरीको विपद उद्दार टोलीले चौरीगाईको उद्दार गरेको हो ।
