बैतडी । देशभर जस्तै बैतडीमा पनि मौसममा खराबि हुँदा स्थानिय देखि बिभिन्न कार्यलय सम्म प्रशासनिक कामकाजमा दुःख भोगीरहनुपरेको छ । गत शुक्रबार देखि बैतडीमा नत फोन सेवा सुचारु छ न त ईन्टरनेट नै बिभिन्न संस्थामा ईन्टरनेटबाट हुने काकाजहरु पनि डामाडोल भएका छन् ।

स्थानिय के भन्छन् ?

बैतडीका धेरै ठाउँमा बिजुली छैन अन्धकारमा बस्न बाध्य भएका छौँ, ईन्टरनेटले समेत काम गर्न छोडेको छ । कुनै ठाउँमा त खानेपानीको समेत हाहाकार भएको छ ।

नेपाल टेलिकम बैतडी शाखामा बुझ्दा के भन्छन् ?

बिग्रेको ठाउँमा मर्मत गर्ने काम हामिले जारी राखेका छौँ, मर्मत गर्न मौसमले समेत साथ नदिएको अवस्था छ , उतिबेला घाम लाग्छ त उति बेला नै हावाहुरी चल्छ ।

बैतडीका एक सञ्चारकर्मी नरेन्द्र बिष्ट के भन्छन् ?

बिद्दुतको नियमित संञ्चालन नहुँदा रेडियोका नियमित कार्यक्रम प्रसारण बन्द भएका छन् । समाचार सम्प्रेषणमा झनै गारो भैरहेको छ । एकातर्फ मोबायलमा नेटवर्क छैन भने आर्को तर्फ ईन्टरनेटको अभाव छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय