दार्चुला । २०७४ सालको स्थानिय तह निर्वाचनमा निर्वाचित हुनु भएका महाकाली नगरपालिकाका निवर्तमान नगर प्रमुख हंसराज भट्टले जारी गरेको घोषणा पत्रमा उल्लेखीत बिकासका एजेण्डा पुरा गरी त्यस बाहेका थुप्रै मनछुने कार्यहरु गरेका छन ।

त्यसमध्येको एउटा महत्वपुर्ण तथा सुविधाजनक नगर बस सेवा संचालनमा ल्याए । युवा, बिकासबादी, भिजन मिसन भएका निवर्तमान नगर प्रमुख भट्टले नगरवासीको समस्या र मागलाई सम्वोधन गर्दै २०७६ साल बैशाख ३० गते देखी नगरवस सेवाको उद्घाटन गरे ।

वेला वेला सार्वजनिक यातायातको चर्काे भाडा तिर्न तथा अब्यवस्थीत यात्रा गर्न बाध्य नगरवासीहरु नगर वस संचालन भएदेखी न्युन शुल्क र ब्यवस्थीत यात्रा गरिरहेका छन । साथै उनीहरु नगरपालिकाको यो कार्यको खुलेरै प्रशंसा गर्दछन ।

नगरबस सेवा संचालन भएदेखी हाल सम्म २ लाख ५० हजार भन्दा बढी नगरवासी तथा नगर बाहिरका यात्रुहरुले सेवा लिईसकेको नगरपालिकको जनाएको छ । अहिले नगरबस सार्वजनिक बिदाका दिन बाहेक हरेक दिन निर्धारीत समयमा खलंगा बसपार्क देखी वडा नम्वर ९ को बेत सम्मको १९ किलोमिटर सडक क्षेत्रमा सेवा दिईरहेको छ ।

नगरपालिकाको तल्लो क्षेत्रका स्थानियले नगरबसको सहज सेवा प्राप्त गरिरहेकै बेला काटै, मुल्ला, मैखोली, झुस्कु, जाईझुल लगायतका क्षेत्रका स्थानियले समेत नगरवस संचालनको माग नगरपालिकामा राखेपछि सो क्षेत्रका लागि पनि अर्काे नगरबस खरिद गरिएको छ । उक्त नगरवस छिट्टै संचालनमा आउने वताइएको छ । सडकको स्तरोन्नती नभएका कारण मल्लो क्षेत्रमा अहिले वस सेवा संचालन गर्न कठिनाई भएको नगरपालिकाले जनाएको छ ।

संचालित नगरवसमा अहिले (क) बर्गका अपाङगता भएका ब्यक्तिहरुलाई निशुल्क सेवा प्रदान गरिएको छ ।

बिद्यार्थी र जेष्ठ नागरीकलाई पनि नगर बसमा परिचय पत्रका आधारमा ५० प्रतिशत छुट प्रदान गरिएको छ ।
निवर्तमान नगर प्रमुख भट्टको पाँच बर्षे कार्यकालमा ठुल ठुला बिकास निर्माणका कामहरु देखी लिएर नगरबस संचालन गर्नुले नगरबासी यसपटक पनि उनै बिकासवादी नेता हंसराज भट्टलाई मायाँ, प्रेमका साथ अगाडी बढाउने पक्षमा देखिन्छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय