दार्चुला । जिल्लाको दुहुँ गाउँपालिकामा राजनीतिक बिषयलाई लिएर एमालेका कार्यकर्ताहरुले काँग्रेस कार्यकर्ताहरुलाई कुटपिट गरेका छन । सोमबार साँझ तिर आफ्नै पसलमा ठुलो संख्यामा एमालेका कार्यकर्ताहरु आई नेपाली काँग्रेस समर्थक राजेन्द्र बहादुर वम र उनका अंकल पर्ने जनक बहादुर बम लाई कुटेका छन ।

वम थल सिलङचौरा बहुउदेश्यिय झोलुङगे पुलको हिकिला तिर किराना पसल संचालन गर्दै आईरहेका छन । ठुलो संख्यामा साँझको बेला एमालेका दर्जन बढी कार्यकर्ताहरु जाँड खाएर आई गाली, गलैज गरी क्यारेम बोर्ड भाँचेको र आफु दुबै काका भजित लाई फलामको रड र पञ्जाले प्रहार गरेको जनक बहादुर बमले जानकारी दिए ।

दुबै जनालाई आज बिहान उपचारका लागि जिल्ला अस्पताल दार्चुला ल्याईएको थियो । जनक बहादुर बमको हाँतमा सामान्य चोट रहेको भन्दै यतै उपचार भएको छ भने राजेन्द्र बहादुर बमको ठाउँकोमा रड र पञ्जाको घाउँ भएका कारण सिटी स्क्यानको लागि जिल्ला अस्पताल दार्चुलाले धनगडी रेफर गरेको छ । उनी उपचारको लागि आजैनै धनगडी गएका छन ।

क्यारेम बोर्ड खेल्दा सामान्य घटना भएको भन्ने प्रहरीलाई जानकारी आएको दार्चुलाका प्रहरी प्रमुख डिएसपी प्रतिक बिष्टले वताए । घटनामा संलग्न पाँच, सात जनाहरु रहेको भएपनि अहिले सम्म नियन्त्रणमा लिन सकिएको छैन । उनीहरुको खोजी कार्यभईरहेको प्रहरीले जनाएको छ । पिडित बलमे जिल्ला प्रहरी कार्यालयमा कार्वाहीको लागि निवेदन गरेको छ । आज सार्बजनिक बिदा भएका कारण निवेदन भोली मात्रै दर्ता हुने प्रहरीको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय