दार्चुला । दुहुँ गाउँपालिकाका निवर्तमान बिकासबादी युवा नेता पुलेन्द्र बहादुर कार्कीको बिशेष पहलमा २ सडक र बिद्यालयमा खेल मैदानका लागि बजेट स्वीकृत भएको छ ।
संघ सरकार बाट जोशीगाउँ, बारबाँज, फारा सडक र हिकिला, सिद्धटोपि सडक को स्तरोउन्ती का लागी ५५÷५५ लाख अनुदान स्वीकृत भएको दुहुँ गाउँपालिकाले जनाएको छ ।
त्यस्तै जनबिकास माध्यामिक बिद्यालय बारबाँजको खेल मैदान योजनाका लागि समेत बजेट स्वीकृत भएको छ ।
पाँच बर्षे कार्यकालमा दुहुँ गाउँपालिकाले कुशल र सक्षम नेतृत्व पाएका कारण दुहुँको मुहार फेरिएको छ । नेपालकै दोस्रो लामो झोलुङगे पुल निर्माण, सिद्धटोपी भ्यु टावर निर्माण, सार्वजनिक बिद्यालयमा भौतिक संरचना निर्माण, खानेपानी निर्माण, धुलो मुक्त गाउँपालिका, हिलोमुक्त गाउँपालिका लगायत थुपै मनछुने कार्यक्रमहरु लागु गरी गाउँपालिकाको मुहार फेरेका छन । काँग्रेस जिल्ला सचिव समेत रहेका कार्की यसपटक पनि पुनः स्थानिय तह निर्वाचनको लागि दुहुँ गाउँपालिका बाट अध्यक्षको उम्मेदवार रहनु भएको छ ।
