दार्चुला । मार्मा गाउँपालिका–४ पडपडाका नेपाल निजामति कर्मचारी युनियनका जिल्ला सदस्य बसन्त खत्री माथि भएको सांघातिक हमला, कुटपिटको घट्ना प्रति कर्मचारी युनियनले एक प्रेस विज्ञप्ति जारी गर्दै खेद प्रकट गरेको छ । वैशाख २५ गते साँझ घरमा बसी रहेको बेला तथा २६ गते दिउसो घरबाट मार्मा वडा नम्बर ४ को मतदान केन्द्रमा जानेबेला माओबादी केन्द्रका केहि अपराधिक मानसिकता भएका व्यक्तीबाट भएको सांघातिक हमला र कुटपिट भएको घट्नाले जिल्ला कार्य समितिको गम्भिर ध्यानाकर्षण भएको विज्ञप्ति मार्फत जनाएको छ ।

सिंगो देश स्थानिय तहको निर्वाचनमा होमिएको अवस्थामा निर्वाचनमा खटिएका राष्ट्रसेवक कर्मचारीलाई हातपात गर्नु अशोभनिय, निन्दनीय र अराजकताको पराकाष्टा भएको कर्मचारी युनियनको ठहर छ प्रेस विज्ञप्तिमा भनिएको छ । निर्वाचनमा खटिएका जिम्मेवार राष्ट्र सेवक कर्मचारी माथि कुटपिट हुने जस्ता गतिविधिले निर्वाचनमा खटिएका कर्मचारीहरुको भावनामा आघात पु¥याई मनोबल गिराउने प्रयास भएको भन्दै दोषीलाई कारबाहीको माग गरिएको छ । कर्मचारी माथि भएको कुटपिट र मानमर्दनबाट हुन गएको क्षतिको सम्बोधन गरी कर्मचारीको सुरक्षाको प्रत्याभुतिको व्यवस्था मिलाउन स्थानिय प्रशासन संग जोडदार माग गर्दछौ विज्ञप्तिमा भएको छ । साथै कुटपिटबाट घाइते भएका बसन्त खत्रीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौ नेपाल निजामति कर्मचारी युनियन जिल्ला कार्य समिति सचिव राकेश सिंह ठगुन्नाद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय