दार्चुला । दार्चुलाको महाकाली नगरपालिकामा मतगणना सुरु भएको छ । २०८ मत गणना हुँदासम्म एमालेको अग्रता देखिएको छ । १०८ मत गणना हुँदा गठबन्धनको तर्फबाट कांग्रेशका हंशराज भट्टको ८५ र उपमेयरमा कांग्रेशकै सुना जोशीको ८३ मत प्राप्त भएको छ । नेकपा एमालेका मेयर पदका उम्मेदवार नरसिंह चैसीरको ११७ र उपमेयरका उम्मेदवार दुर्गा बिष्टको ११९ मत प्राप्त भएको छ । महाकाली नगरपालिकामा पनि वडा नम्बर १ बाट मतगणना सुरु भएको छ । वडामा कांग्रेशका उम्मेदवारको ८० र एमालेको १२२ मत प्राप्त भएको छ । मतगणना कार्य जारी रहेको छ ।
