बैतडी । बैतडीको पुर्चौडी नगरपालिकामा नेपाली कांग्रेसका मेयर र उपमेयरका उम्मेदवार विजयी भएका छन् ।मतगणनाको अन्तिम मत परिणाम अनुसार नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार दिपक बम विजयी हुनुभएको छ । उपमेयर पदमा पनि नेपाली कांग्रेसकी मिना धानुक विजयी हुनुभएको छ । नेकपा माओवादी केन्द्रले आफ्नो आधार इलाका भन्दै आएको पुर्चौंडी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । गएको स्थानीय तहको निर्वाचनमा मेयर र उपमेयर दुवै पदमा जितेको माओवादी केन्द्रले पुर्चौंडीमा अहिले दुवै पद गुमाएको छ ।
