बैतडी । बैतडीका नवनिर्वाचित पालिका प्रमुखहरुले आज पद तथा गोपियनियताको सपथ लिने भएका छन् । केहिबेरमा दशरथचन्द नगरपालिकाको सभाहलमा १० ओटै स्थानीय तहका प्रमुखहरुले जिल्ला न्यायधिश तिलकबहादुर कार्कीबाट सपथ लिने कार्यक्रम छ ।
पालिका प्रमुखहरुले निर्वाचित भएको सात दिन भित्र सम्बन्धित जिल्लाका न्यायधिशबाट पद तथा गोपिनियताको सपथ लिने कानुनी व्यवस्था रहेको छ । यस्तै पालिकाका उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष तथा सभाका सदस्यहरुले सम्बन्धित पालिकाका प्रमुखसंग सपथ लिनुपर्ने कानुनी व्यवस्था रहेको छ ।
