बैतडी । बैतडीका नवनिर्वाचित १० वटै पालिका प्रमुखहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।बैशाख ३० गते भएको स्थानिय तहको निर्बाचनमा बैतडीका जिल्लाका नवनिर्वाचित नगर पालिका र गाउँपालिका अध्यक्षहरुले शुक्रबार एक कार्यक्रमका बीच सपथ ग्रहण गरेका छन् । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश तिलक बहादुर कार्कीले उनीहरुलाई सपथ गराएका हुन् ।
दशरथचन्द नगरपालिकाका प्रमुख एमालेका पुष्करराज जोशी (लख्खाभाइ), पाटन नगरपालिकाका प्रमुख नेपाली कांग्रेसका गौरीसिंह रावल, मेलौली नगरपालिकाका प्रमुख नेकपा माओवादी केन्द्रका भीमबहादुर चन्द (भुकम्प) र पुर्चौंडी नगरपालिकाका प्रमुख नेपाली कांग्रेसका दीपकबहादुर बमले सपथ लिएका छन् । यस्तै जिल्लाको सुर्नया गाउँपालिकाका अध्यक्ष एमालेका अम्मरबहादुर कुँवर, दोगडाकेदार गाउँपालिकाका अध्यक्ष एमालेका चक्रबहादुर कार्की, पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष एमालेका गोरखबहादुर चन्द, शिवनाथ गाउँपालिकाका अध्यक्ष कांग्रेसका कर्णसिंह साउँद, सिगास गाउँपालिकाका अध्यक्ष कांग्रेसका हरिसिंह धामी र डिलाशैनी गाउँपालिका स्वतन्त्रका सन्तोषप्रकाश जोशीले सपथ ग्रहण लिएका छन् ।
दशरथचन्द नगरपालिकाको सभाहलमा एक औपचारिक कार्यक्रमका बीच सपथ ग्रहण गराइएको थियो । सपथ ग्रहण कार्यक्रममा जिल्ला प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे जिल्ला समन्वय समिती सिदध्राज जोशी लगाएत सम्पुर्ण संघ संस्थाका प्रतिनिधि एवम् पत्रकारहरुको समेत सहभागिता रहेको थियो ।
