दार्चुला भाद्र १० । भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन काट्दा महाकालीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई सरकारले आर्थिक सहयोग गर्ने भएको छ। आज बसेको मन्त्रिपरिषद बैठकले धामीको परिवारलाई १० लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए। दार्चुला जिल्लाको ब्याँस गाउँपालिका वडा नं. २ वस्ने ३३ वर्षिय जयसिह धामीको को माल घाटमा तुइन तर्नेक्रममा एसएसबीले तुइनको तार फुकालीदिदा धामी महाकालीमा नदिमा बेपत्ता भएका थिए। धामी बेपता भएको एक महिना हुनै लाग्दा समेत फेला पार्न सकिएको छैनन् ।