दार्चुला । मालिकार्जुन गाउँपालिकामा राजनैतिक दलमा आबद्ध भएका शिक्षक र कर्मचारीलाई सात दिनभित्र राजीनामा दिन निर्देशन दिएको छ । ‘सात दिनभित्र राजनीतिक दलको आवद्धता त्यागी गरेको जानकारी गाउँपालिका कार्यालयमा पेश गर्न अनुरोध गरिएको छ । अन्यथा कानुनबमोजिम भई जाने व्यहोरा जानकारीका लागि अनुरोध छ,’ गाउँपालिकाले जारी गरेको पत्रमा उल्लेख छ ।
