बैतडी । बैतडीमा चितुवाले आतंक मच्चाउन छोडेको छैन । चितुवाको बासस्थान नष्ट हुँदै गएपछि चितुवा मानव बस्ती तिरै नजिकीन थालेका छन् । जिल्लाको सुर्नया गाउँपालिका वडा नं ८ को मल्लोढोले भन्ने ठाउँमा चितुवाको बथानै सहित गाउँमा पसेर आतंक मच्चाएको छ ।
बिहीबार रातिको समयमा चितुवा समूहमा आएका र सथनियका गोठबाटै खसी लगेको स्थानियहरुले सिद्धटोपी खबरलाई बताए ।

रातिको समयमा चितुवाले आतंक मच्चाउन थालेपछि स्थानीयहरु पहरा बस्न थालेका छन् ।
