दार्चुला । शनिवार शैल्यशिखर नगरपालिका ६ पनेबाँजमा पुरुषको मृत शव फेला परेको छ । नगरपालिकाको वडा नम्बर ६ का ५५ वर्षिय जयदेव धामी मृत्य फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी एवम प्रहरी निरिक्षक लोकेन्द्र कार्कीले जनकारी दिए । महाकाली लोकमार्गको चैतलीचौर नजिक भुँणा खोलामा मृतक धामीको शव फेला परेको उनले वताए ।
शुक्रबार बेलुकीदेखि हराएका धामी शनिबार बिहान स्थानीयले खोजी गर्दा मृत फेला परेका हुन्। प्रहरीले घटनाबारे मुचुल्का उठाई गोकुलेश्वर अस्पतालमा पोष्टमार्टम गरी शव आफन्तलाई बुझाएको छ । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
