बैतडी । बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी र जिल्लाभित्रका पत्रकारहरुबिच परिचयात्मक कार्यक्रम आज (मंगलबार) सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालयमा भर्खरै सरुवा भएर आउनुभएका प्रमुख जिल्ला अधिकारी पन्थी र जिल्लामा क्रियाशिल पत्रकारहरु बिच परिचयात्मक कार्यक्रम सम्पन्न भएको हो । सोही अवसरमा जिल्लाको पत्रकारिता र सञ्चार माध्यमको अवस्था, शान्तिसुरक्षा, आमनागरिकका सवाल लगाएतका बिभिन्न बिषयहरुमा पत्रकारहरुले जानकारी दिएका छन् ।

यस्तै प्रमुख जिल्ला अधिकारी पन्थीले बैतडीमा रहदाँ सम्म आमनागरिकले महशुस गर्ने गरी शान्तिसुरक्षाको प्रबन्ध मिलाउने बताए । जिल्लामा शान्ती सुरक्षा कायम गर्न र बिकासका आयोजनाहरु लाई समयमै सम्पन्न गर्नका लागी सबै पक्षसंग समन्वय गर्दै अघि बढ्ने आफ्नो योजना रहेको सुनाए । लुम्बिनी प्रदेशको रुपन्देही जिल्लाबाट सरुवा भई बैतडीको प्रमुख जिल्ला अधिकारीको रुपमा बैतडी पुग्नु भएका पन्थीले प्रशासन कार्यालय बैतडीमा पत्रकारहरुबिच परिचयात्मक कार्यक्रममा बोल्दै उहाँले आफ्नो पहिलो उदेश्य नै जिल्लाका नागरिकलाई शान्ती सुरक्षा प्रदान गर्नुका साथै बिकासका योजनाहरुमा पार्दशिता देखाउनु नै रहेको बताए ।

नेपाल सरकारको कानुनलाई नै आधार मानेर काम गर्ने भन्दै नागरिकको सहजताका लागी ब्यवहारिक कुरामा पनि आफुले ध्यान दिने उहाँले बताउनुभयो । आफु अहिले बैतडी जिल्लामा आएको धेरै समय नभएकाले जिल्लाको सबै अवस्था अध्ययन गरेर आफुले कार्यसम्पादन गर्ने पन्थीको भनाई छ । कार्यक्रममा बैतडी जिल्लाका बिभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मिहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय