दार्चुला । जिल्लाको दुहुँ गाउँपालिकाका न्युन आयस्तर भएका महिलाहरुलाई आत्मनिर्भर बनाउन बुटुकी (लेस) र चुरा बनाउने तालिम दिइदै छ । गाउँपालिकामा संचालित गरिबी निवारणका लागि लद्यु उद्यम विकास कार्यक्रम अन्तरगत उनिहरुलाई तालिम प्रदान गरिने लागेको कार्यक्रमका सहजकर्ता अनिता जोशीले जानकारी दिनुभयो ।
गाउँपालिकाको आर्थिक सहयोग तथा सामुदायिक ग्रामिण विकास समाज नेपाल ९सिआरडिएस० को प्राविधिक सहयोगमा महिलाहरुलाई तालिम दिइन लागिएको उहाले बताउनुभयो । तालिमको आज एक कार्यक्रमका बिच गाउँपालिकाको वडा नम्बर २ हिकिलामा गाउँपालिकाका अध्यक्ष नरेन्द्र बहादुर सिंह बडालले उद्घाटन गर्नु भएको छ । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष शान्ति बम, ५ वटै वडाका वडा अध्यक्षहरुको सहभागिता रहेको थियो । कार्यक्रममा गाउँपालिकाका ५ वटै वडाहरुबाट न्युन आयस्तर भएका ६÷६ जना महिलाहरुलाई सहभागी गराएको सहजकर्ता जोशीले जानकारी दिनुभयो ।
“गाउँपालिकाका ५ वटै वडाहरुबाट न्युन आयस्तर भएका ६÷६ जना महिलाहरुलाई छनौट गरी बुटुकी र चुरा बनाउने तालिम दिइदै छ, उहाले भन्नुभयो ।” उद्घाटन कार्यक्रममा सिआरडिएस नेपालका टिम लिडर अशोक ओझाको समेत उपस्थिती रहेको थियो । तालिम यहि असार १८ गते सम्म संचालन हुने। बताइएको छ । तालिमको प्रशिक्षण मालिकार्जुन गाउँपालिकाका ललिता बमले गरिरहनु भएको छ । तालिमको उद्देश्य गरिबि निवारण गर्नु रहेको जनाइएको छ । dfm
