दार्चुला । जिल्ला समन्वय समिति प्रमुख लगायत अन्य कार्यालयका प्रमुखहरुले ओखर खेतीको संयुक्त अनुगमन गरेका छन । जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ मा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, कार्यान्वयन इकाई दार्चुलाको आर्थिक बर्ष २०७८÷७९ को स्वीकृत कार्यक्रम अनुसार जिल्ला कार्यान्वयन समन्वय समतीको टोलीले यस क्षेत्रमा रोपेका ओखरका बोटहरुको अनुगमन गरेका हुन ।
नगरपालिकाको वडा नम्बर ६ पनेबाँज, मिलमिली, मोरिभिटा लगायतका क्षेत्रमा ओखर खेती गरिहेका कृषकहरुको ओखर खेतीको संयुक्त टोलीले अनुगमन गरेको हो ।
अनुगमन टोलीमा जिल्ला समन्वय समिती प्रमुख महादेव बडु (कस्यप),शैल्यशिखर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष जगदिश सिंह धामी, जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउद , कृषि ज्ञान केन्द्र दार्चुलाका प्रमुख, डिभिजन वन कार्यालय दार्चुलाका प्रमुख लगायतले शनिवार सयुक्त रुपमा ओखर खेतिको अनुगमन गरेको हो ।
दार्चुलाका किसान ओखर खेतीमा आकर्षित
पछिल्लो समय दार्चुलाका किसान ओखर खेतीप्रति आकर्षित हुँदै गएका छन् । जिल्लामा ओखर खेतीका लागी हावापानी निकै अनुकूल हुँदा यस क्षेत्रका कृषकहरु ओखर खेतीप्रती आकर्सित भएका हुन ।
जिल्लामा उत्पादित ओखरको राम्रो बजार भएकोले पनि कृषकहरु ओखर खेती तर्फ आकर्षित भएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन एकाई दार्चुलाका सुचना अधिकारी दिपक सिंह धामीले वताए ।
जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर– ६ का कमल सिंह धामीले ओखर खेतीबाट राम्रो आम्दानी हुने गरेको बताए । व्यावसायिक रूपमै ओखर खेतीमा लागेर ओखर उत्पादन गरिहेको वताए
सुरुमा केही मिहेनत लागे पनि फल्न सुरु गरेपछि ओखर खेतीमा त्यती मिहेनत गर्नु नपर्ने उनको भनाई छ । यस क्षेत्रका ४० जना कृषकहरुले अहिले समुहमा आवद्ध भएर करिव १२ हजार ओखरका बोट रोपेको उनले वताए ।
करिव ४० जना कृषकहरु मिलेर ओखर खेती गरिरहेको उनले वताए । २ सय बोटमा फल लाग्न सुरु भएको र अन्य करिव १० हजार बोट अहिले हुर्किरहेका छन ।
स्थानीय सरकारले ओखर खेतीमा आवद्ध भएका कृषकहरुका लागी राहत हुने गरी कार्यक्रम ल्याउनु पर्ने कृषकहरुको माग छ । व्यावसायिक रुपमै ओखर खेती गरिहहेका कृषकहरुका लागी स्थानीय सरकार र अन्य निकायले अनुदानको व्यवस्था मिलाउन सके अझै कृषकहरु यो ओखर खेतीमा आकर्षित हुने उनको भनाई छ ।
ओखर खेतीमा आवद्ध कृषकहरुको लागी शैल्यशिखर नगरपालिकाले आवश्यक समन्वय गरि कृषकहरुलाई अनुदान र प्राविधिक सहयोग गर्ने शैल्यशिखर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष जददिश सिंह धामीले वताए । उनले उत्पादित ओखरको उचित बजार व्यवस्थापन, आवश्यक ओखरका बोटहरु उपलब्ध गराउने, प्राविधिक सहयोगका लागी वडा नम्बर ६ को कार्यालयले नगरपालिकाको निति तथा कार्यक्रममा समावेस गर्न पहल गर्ने दाबी गरे ।
ओखर संगै यस क्षेत्रमा उत्पादन हुने फलफुल किबि, एभोकाँडा, सुन्तला, कागती, चुक लगायतका सहजै बजार व्यवस्थापन हुने व्यवसायिक तरकारी खेती गर्नको लागी माटो परिक्षण, सहजै विउ उपलब्ध गराउने गरि कार्यक्रम ल्याउन पहल गर्ने उनले वताए ।
नगरपालिकाको वडा नम्बर ६ लाई तरकारी र फलफुलमा आत्मानिर्भर बनाउन कृषि क्षेत्रको प्रवद्धनको लागी निति तथा कार्यक्रममै समावेस हुने गरि छलफल भइरहेको उनको भनाई छ ।
जिल्लाका ४ वटा स्थानीय तहमा ओखर खेती विस्तार गर्नको लागी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ, परियोजना कार्यान्वय इकाई दार्चुलाले विभिन्न कार्यक्रम सञ्चालन गरिहेको परियोजना कार्यान्वय दार्चुलाका सूचना अधिकारी धामीको भनाई छ ।
पछिल्ला केही बर्षको तथ्याङ्क हेर्दा जिल्लामा ओखर खेती गर्ने कृषकहरुको संख्यामा बृद्धि भएको छ । जिल्लामा करिव १ सय ४३ हेक्टर क्षेत्रफलमा ओखर खेती हुने गरेको छ, एक वर्षमा करिव १० देखि १५ टनसम्म ओखर फल्ने गरेको छ । मालिकार्जुन खबरको सहयोगमा तयार पारिएको समाचार
