दार्चुला । जिल्लाको दुहुँ गाउँपालिकामा निर्माण सम्पन्न भएको थल सिलङचौरा बहुउद्देश्यीय झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भएको ६ महिना बढी हुँदा समेत श्रमिकहरुले ज्याला पाएका छैनन ।

निर्माणको जिम्मेवारी पाएको जगदम्बा दोभान कन्सट्रक्सनले पेटी ठेकेदार धाधिङ घर भएका २८ बर्षिय शरोज चेपाङलाई पुल निर्माणको जिम्मेवारी दिएको थियो । काम सम्पन्न भएको ६ महिना बढी हुँदा समेत आफुहरुले अहिले सम्म ज्याँला नपाएको श्रमिक नरेन्द्र कार्कीले जानकारी दिए ।

जगदम्बा दोभान कन्सट्रक्सनका संचालकले पेटी ठेकेदार चेपाङलाई सम्झौता अनुसारको रकम भुक्तानि गरिसकेको बताउँदै आएका छन ।

यता पेटी ठेकेदार चेपाङले भोली भोली भन्दै पैसा सबै सक्काएर अहिले सम्पर्क बिहिन भएका छन । पेटी ठेकेदारले आफ्ना श्रमिकहरुलाई स्थानीय पसलबाट उधारो निकालेर खुवाएको राशनको समेत पैसा दिएका छैनन । एउटै पसलबाट ४ लाख बढीको राशन उधारो निकाली खुवाएका पेटी ठेकेदार चेपाङ अहिले पसल साहुँहरुको पनि सम्पर्कमा नरहेको पसल धनी रमेश जोशीले जानकारी दिए ।

श्रमिक र पसल धनिहरुले न्याँयको लागि स्थानिय सरकार दुहुँ गाउँपालिकाको न्यायिक समितिमा समेत निवेदन दर्ता गराएका छन । गाउँपालिकाको वडा नम्वर १,२ र ५ का स्थानियले उक्त पुल निर्माणको समयमा ज्याला मजदुरी गरेका थिए ।
यस बिषयमा गाउँपालिका अध्यक्ष नरेन्द्र बडाललाई बुझ्दा जिल्ला प्रशासनको सहयोग मागि यो महिना भित्र ठेकेदारलाई जिल्ला झिकाउने वताए । नयाँ आवको नीति तथा कार्यक्रम वनाउनु पर्ने भएका कारण समय नपाएको भन्दै अवको केहि दिनमै जिल्ला प्रशासनको सहयोग मागि ठेकेदारलाई प्रशासनिक ढंगबाट खोजी गर्ने र श्रमिकहरुलाई न्याँय अध्यक्ष बडालले वताए ।
झोलुङ्गे पुलको उनगाई केवल (साईडको लठ्ठा) समेत खसेको छ । यसको अहिले सम्म सम्वन्धित कसै निकायले चासो समेत दिएका छैनन । पुलको लोड भार परिक्षण पनि नभएको स्थानियले वताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय