दार्चुला । दार्चुलाको उत्तरी क्षेत्र जोड्ने छिमेकी देश चीनद्धारा दुहुँ गाउँपालिकालाई स्काभेटर सहयोग गरिएको छ । तिब्बत सरकारले चीनसँग सीमा जोडिएका नेपालका १४ जिल्लाका ११ स्थानीय तहलाई पहिलो चरणमा हस्तान्तरण गर्ने कार्यक्रमअन्तर्गत जिल्लाको दुहुँ गाउँपालिका पनि समावेश भएको हो । स्काभेटर जून २२ र २३ गते हस्तान्तरण गरिने जनाइएको छ ।
दुहुँ गाँउपालिकाका निवर्तमान अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले गाउँपालिकाको तर्फबाट आर्थिक वर्ष २०७६÷०७७ मा माग गरे बमोजिम चीनबाट स्काभेटर प्राप्त हुन लागेको हो । नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत किरण थापाले सम्बन्धित पालिकाहरुलाई तोकिएको मिति र स्थानमा स्काभेटर बुझिलिन अनुरोध गरेका छन् । सीमा जोडिएका अन्य पालिकाहरुलाई दोस्रो चरणमा स्काभेटर हस्तान्तरण गरिने जनाइएको छ ।

