दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नंम्वर ७ मा रहेको बद्रिनाथ माध्यमिक विद्यालयमा तिन दिन देखी लागेको तालाबन्दी अझै खुल्न सकेको छैन । विद्यालयका प्रधनाध्यापक पूर्णानन्द जोशीले आर्थिक अनियमितता गरेको भन्दै विद्यालयमा ताला लगाइएको अनेरास्ववियू (क्रान्तिकारी) जिल्ला सचिव नविन विष्टले जानकारी दिए ।

विद्यालयमा अनुपस्थित हुने, छात्रबृत्तिको रकममा अनियमितता गरेको, भवन निर्माणमा चलखेल गरेको, अनुशासन कायम नगरेको भन्दै विद्यार्थीहरुले तीनदिनदेखि ताला लगाएका हुन । छात्रबृत्तिमा समान वितरण, आर्थिक पादर्शिता, विद्यालयमा उपस्थित भई स्पष्ट धारणा नराखेसम्म ताला नखोल्ने विद्यार्थीहरुले अडान लिएका छन् । प्रधानाध्यापकले विद्यालयको नाममा रहेको मुद्दती खाताबाट रकम निकासी गरि व्यक्तिगत रुपमा हिनामिना गरेको समेत आरोप लगाएका छन् ।

दुई सय भन्दा बढी विद्यार्थी भएको बद्रिनाथ माध्यामिक विद्यालयमा शिक्षकको भने अभाव देखिएको छ । नियमित रुपमा एकजना मात्रै शिक्षक उपस्थित हुने, लेखापाल समेत निरन्तर अनुपस्थित हुने गरेको पाइएको छ । शिक्षक अभाव झेल्दै आइरहेको यस विद्यालयमा भएका शिक्षकहरुपनि अनुपस्थित हुदा पठनपाठन चौपट भएको छ । शैल्यशिखर नगरपालिका वडा नंं ७ मा रहेको बद्रिनाथ माध्यमिक विद्यालय यस वडाको बोहरीगाउँको मध्य भागमा रहेको छ । अधिकांश बस्ती भएको बोहरीगाउँ क्षेत्रका नानीबाबुहरु अध्ययनका लागि त्यहि विद्यालय जाने गर्दछन् ।

यसै बिच अनेरास्ववियू (क्रान्तिकारी) ले यस बिषयलाई लिएर विज्ञप्ति निकालेको छ । विज्ञप्तिमा भनिएअनुसार बद्रिनाथ माध्यमिक बिध्यालयका प्रधानाध्यापक लगायत शिक्षकहरु विद्यालयको पठनपाठन समयमा बिद्यालयमा अनुपस्थित हुने, गरिब जेहेन्दार विद्यार्थीहरुको पठनपाठन मा आर्थिक सहयोग होस भन्ने हेतु ले प्रदान गरिने छात्रबृत्तिको रकममा समेत अनियमितता गर्ने, साथै भवन निर्माणमा चलखेल गरेको आरोप लगाएका छन । जिम्मेवार निकायले विद्यार्थीहरुको जायज माग वेवास्ता गरिएको प्रती संगठनको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा छ।

साथै, विद्यार्थीहरुको आन्दोलनमा संगठनको ऐक्यबद्धता रहेको जानकारी सहित बिध्यालयको बेथिति,अनियमितता र भ्रष्टाचार को सत्यतथ्य छानबिन को माग गरिएको छ । विद्यार्थीहरुको जायज मागको बेवास्ता गरेमा संगठन कठोर निर्णय लिन बाध्य हुनेछ विज्ञप्तिमा भनिएिको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय