दार्चुला । दुहुँ गाउँपालिकाको दसौँ गाउँसभा सम्पन्न भएको छ । आर्थिक वर्ष २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम, आर्थिक ऐन, २०७९ , विनियोजन ऐन, २०७९ पारित गर्दै सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । प्रस्तुत छ गाउँसभाबाट पारित नीति तथा कार्यक्रमहरु जस्ताको त्यस्तैः
आर्थिक वर्ष २०७९।०८० को नीति तथा कार्यक्रम:
दुहुँ गाउँपालिकाको दसौँ गाउँसभाका अध्यक्ष ज्यू¸
गाउँ सभाका सदस्यहरु¸
सम्पूर्ण कर्मचारीहरु¸
उपस्थित सम्पूर्ण बुबा आमा दाजुभाइ तथा दिदीबहिनीहरु ।
नेपालको संविधान, २०७२ जारी भई कार्यान्वयनमा आए पश्चात तीन तहको राज्य संरचना अनुरुपको स्थानीय तहको रुपमा रहेको यस दुहुँ गाउँपालिकाले नेपालको संविधान २०७२¸ विद्यमान ऐन तथा कानून बमोजिम वार्षिक नीति¸कार्यक्रम तथा बजेट स्वीकृत गरी कार्यक्रमहरु कार्यान्वयन गरेको पाँच वर्ष पुरा भएको छ ।
यस पुनीत घडीमा सम्पूर्ण ज्ञात-अज्ञात सहिदहरु, लोकतान्त्रिक आन्दोलनका अग्रज व्यक्तित्वहरु प्रति सम्मान प्रकट गर्दै, यस अवधिमा दुहुँ गाउँपालिकालाई सबै तवरले सहयोग गर्नु हुने, आदरणीय दुहुँ गाँउपालिका बासी सम्पुर्ण जनसमुदायहरु प्रति कृतज्ञता र धन्यवाद प्रकट गर्दछुँ । स्थानीय तहको प्रथम निर्वाचन २०७४ पश्चात ५ वर्षे कार्यकाल सम्पन्न गरि विदाई हुनुभएका सम्पूर्ण गाउँसभा¸कार्यपालिका सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु । स्थानीय तहको दोस्रो निर्वाचन २०७९ बाट निर्वाचित गाउँसभाको प्रथम वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा हर्षित भएका छौँ ।
सुखी दुहुँबासी¸समृद्ब दुहुँ भन्ने सोचका साथ दुहुँ गाउँपालिकाले आर्थिक वर्ष २०७९।०८० को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्न गइरहेको छ ।
बिज्ञापन


दुहुँ गाउँपालिकाको आर्थिक वर्ष २०७९।०८० को वार्षिक नीति तथा कार्यक्रम तर्जुमा गर्दा नेपालको संविधान¸ स्थानीय सरकार संचालन ऐन लगायतका संघीय कानूनहरु¸ संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त बजेट सिलिङ तथा मार्गदर्शन¸ आवधिक योजना¸ दिगो विकास लक्ष्यलाई आधार बनाई पूर्वाधार विकास¸ सेवा प्रवाहमा सुधार¸ कृषि¸ पशुपालन¸ सहकारीका माध्यमबाट रोजगारी सिर्जना¸ शिक्षा¸ स्वास्थ्य सेवाको गुणस्तर र पहुँचमा अभिवृद्बि¸ पर्यटन प्रवर्द्बन¸ लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण गर्ने विषयलाई केन्द्रविन्दुमा राखेको छुँ ।
२.१ सोच
“समृद्ब दुहुँ¸ सुखी दुहुँबासी” । भन्ने सोचका साथ दुहुँ गाउँपालिका अगाडि बढेको छ ।
२.२ लक्ष्य
शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा सुधार गर्दै कृषि¸ पशुपालन¸ लघु उद्यम¸ सहकारीका क्षेत्रहरुमा सहभागिता अभिवृद्बि
गर्दै आम दुहुँबासीलाई आत्मनिर्भर बनाउने ।
२.३ उद्देश्य
क. शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखि गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको सुनिश्चितता गर्ने ।
ख. स्थानीय आवश्यकता र सम्भाव्यताको आधारमा प्राथमिकीकरण गरि दिगो पूर्वाधार निर्माण कार्य सम्पन्न गर्ने ।
ग. कृषि, पशुपालन¸सहकारी¸ लघु उद्यम, पर्यटन जस्ता आय मुलक क्षेत्रहरुमा युवाहरुलाई संलग्न गराई स्वरोजगारी
सृजना गर्ने ।
घ. सामाजिक सशक्तिकरण कार्यक्रम अन्तरगत महिला, दलित, बालबालिका¸जेष्ठ नागरिक¸अपाङ्ग, अल्पसंख्यक र सिमान्तकृतहरुका लागि विशेष कार्यक्रमहरु संचालन गर्ने ।
ङ) २०७८ साल भाद्र १३ गते आएको विनाशकारी बाढी पहिरोका कारण प्रभावित जनसमुदायका लागि उचित क्षतिपुर्ती तथा पुनर्स्थापना र पुनर्निमाणका लागि संघीय सरकार र प्रदेश सरकारसंग समन्वय गरि छिटो भन्दा छिटो कार्य सम्पन्न गर्ने ।
च) नवीनतम सूचना प्रविधिको माध्यमबाट छिटो छरितो सुशासनयुक्त सेवा प्रदान गर्ने ।
छ) प्रत्येक घरपरिवारलाई स्वच्छ खानेपानी सुविधाको सुनिश्चितता गर्ने ।
ज) युवाको पौरख¸दुहुँको गौरव भन्ने नाराका साथ “युवासंग अध्यक्ष” र “महिलासंग उपाध्यक्ष” कार्यक्रम लागु गरि
युवाहरुलाई आत्मनिर्भर बनाउने ।
२.४ बार्षिक नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्दा अवलम्वन गरिएका नीति तथा आधार
क) नेपालको संविधानले प्रत्याभुत गरेका मौलिकहकहरु, राज्यका निर्देशक सिद्धान्त र नीतिहरु ।
ख) स्थानीय सरकार संचालन ऐन, २०७४
ग) राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४
घ) अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४
ङ) संघीय, प्रादेशिक नीति कार्यक्रम तथा वजेट २०७५
च) स्थानीय तहको वार्षिक योजना तथा वजेट तर्जुमा दिग्दर्शन, २०७४(परिमार्जन)
छ) स्रोत साधन
ज) विकासका अन्तरसम्बन्धित बिषयहरु
झ) स्थानीय तहको मध्यमकालीन खर्च संरचना
ञ) स्थानीय तहमा वजेट तर्जुमा, कार्यान्वयन, आर्थिक व्यवस्थापन तथा सम्पत्ति हस्तान्तरण सम्बन्धी निर्देशिका, २०७४
ट) संघीय, प्रादेशिक र स्थानीय तहको आवधिक विकास योजना
ठ) दुहुँ गाँउपालिकाका जनताहरुका अपेक्षा, आवश्यकता र सुझावहरु
आदरणीय उपस्थित गाउँसभा सदस्य ज्यूहरु !
संघ¸ प्रदेश र स्थानीय सरकार तथा अन्य श्रोतबाट प्राप्त राजश्व तथा अनुदान रकमको आधारमा “सुखी दुहुँबासी, समृद्ध दुहुँ” निर्माण गर्न वार्षिक नीति तथा कार्यक्रम तर्जुमा गरि आगामी आर्थिक वर्ष २०७९।०८० को मुख्य मूख्य क्षेत्रका नीति तथा कार्यक्रमहरू प्रस्तुत गर्दछुँ ।
१. आर्थिक विकासः यस क्षेत्र अन्तर्गत कृषि, पर्यटन, उद्योग तथा वाणिज्य, सहकारी, वित्तीय जस्ता क्षेत्रहरुमा तपसिलका कार्यक्रमहरु संचालन गर्ने ।
क) कृषि तथा पशुपालन क्षेत्रः
• प्रत्येक वडामा उपभोक्ता पसलहरु संचालन गर्ने र सो पसलबाट किसानहरुलाई आवश्यक पर्ने विउ¸मल¸औजार¸प्रविधि उपलब्ध गराउने ।
• उत्पादित कृषि तथा पशुजन्य उत्पादनहरु सोही उपभोक्ता पसल मार्फत खरिद गरि किसानहरुको उत्पादनको उचित मुल्यमा बजार सुनिश्चितता गर्ने ।
• गाउँपालिका अन्तरगतका कृषि तथा पशु प्राविधिकहरुलाई किसानहरुको घरखेतमै गएर सेवा दिने कार्यको सुनिश्चितता गर्ने ।
• उत्पादन गरेको कृषि तथा पशुजन्य बस्तुहरुको उपभोक्ता पसलले खरिद गरेको विवरणको आधारमा उत्पादनमा आधारित अनुदान उपलब्ध गराउने ।
• कृषि उत्पादन तथा पशुपालन गर्नका लागि आवश्यकता र सम्भाव्यता हेरी अनुदान उपलब्ध गराई स्वरोजगारी सृजना गर्ने ।
• नगदे बाली तथा व्यवसायिक कृषिलाई प्रोत्साहन गर्ने ।
• एक वडा एक उत्पादन कार्यक्रम संचालन गर्ने ।
• स्थायी पकेट क्षेत्र विकास कार्यक्रम संचालन गर्ने ।
• दुहुँ गाउँपलिका वडा नं. २ हिकिला र वडा नं. ३ खेतीमा वृहत सिचाई आयोजना संचालनका लागि संघ तथा प्रदेश सरकारलाई पहल गर्ने ।
• व्यवसायिक कृषकहरुलाई प्रोत्साहित गर्नका लागि “एक कृषक एक भैँसी” कार्यक्रम संचालनमा ल्याउने ।
• व्यवसायिक कृषकहरुलाई सहुलियत दिई अनिवार्य पशु विमा गर्न लगाउने ।
• खेतलाई बाझो छोड्ने प्रवृती न्यूनिकरण गर्न कृषिमा आधुनिकिकरण¸व्यवसायिकरण तथा बजारीकरण गर्न जोड दिने ।
ख. पर्यटन संस्कृति प्रवर्द्बनः
• गाउँपालिकाका धार्मिक स्थल मठ मन्दिरहरुको जगेर्ना गर्ने ।
• दुहुँ सभ्यता¸कला¸संस्कृति¸भेषभुषा¸भाषा¸भाका¸रीतिरिवाजहरुको संरक्षण र प्रवर्द्बन गर्ने कार्यक्रम वार्षिक रुपमा कार्यान्वयन गर्ने ।
• पर्यापर्यटन, साहसिक पर्यटन र धार्मिक पर्यटनलाई उत्साहजनक रुपमा प्रवर्द्बन गर्ने ।
• पर्यटकीय स्थल तथा ऐतिहासिक महत्व बोकेका ठाउँहरुको अध्ययन अनुसन्धान गर्ने ।
• पर्यटन प्रवर्द्बन गर्नु पर्ने ठाउँ क्षेत्रहरुको सञ्जाल जोडिने गरि गुरुयोजना निर्माण गर्ने
• गाउँपालिका अन्तरगतका पर्यटकीय क्षेत्रहरुमा पूर्वाधार निर्माण गर्ने ।
• पर्यटकीय स्थलहरुको प्रचार – प्रसार गर्न डकुमेन्ट्री निर्माण गर्ने ।
ग. उद्योग तथा वाणिज्यः
• लघु उद्यम कार्यक्रम अन्तरगत सिलाई कटाई¸ बुनाई¸ मैनवत्ती¸ धूप¸ जाम¸ जुस¸ डोको डालो¸ अल्लो र भाङ्गोबाट धागो निर्माण लगायत सम्भावित कार्यहरु गर्ने
• गाउँपालिका भित्र रहेका सम्पूर्ण व्यवसायिक फर्महरुलाई गाउँपालिकामा अनिवार्य दर्ता गराउने ।
• गाउँपालिका भित्रको बजारमा संचालित व्यवसायहरुको गुणस्तर र मुल्य सूचीको नियमित रुपमा अनुगमन गर्ने ।
घ. सहकारी तथा वित्तिय क्षेत्रः
• गाउँपालिकामा रहेका सहकारी संस्थाहरुलाई सक्रिय गराउन प्रोत्साहन गर्ने ।
• एक वडा एक उपभोक्ता पसल सहकारी मार्फत संचालन गर्ने ।
• कृषि तथा पशु विकास क्षेत्रका कार्यक्रमहरु संचालन गर्दा कृषि सहकारी मार्फत संचालन गर्ने ।
• सहकारीहरुको पुजी लगानी गर्दा उत्पादन क्षेत्रमा लगानी गर्न प्रेरित गर्ने ।
• सम्पुर्ण घरधुरीलाई सहकारी संस्थामा आवद्ब गराई उपभोक्ता पसलबाट उपभोग्य बस्तु खरिद गरेको आधारमा बोनस उपलब्ध गराउने व्यवस्था मिलाउने ।
• सहकारी संस्थालाई आवश्यक पर्ने फर्निचर तथा मसलन्द सामग्री आवश्यकता र सम्भाव्यताका आधारमा उपलब्ध गराउने ।
• सहकारीका संचालक कर्मचारी र शेयर सदस्यहरुलाई सहकारी शिक्षा¸ लेखा तथा व्यवस्थापन तालिम प्रदान गर्ने ।
• सहकारीमा नयाँ सिकाइहरु आदान प्रदान गर्न अवलोकन भ्रमण कार्यक्रम संचालन गर्ने ।
• हरेक नागरिकको बैंक खाता खोल्न सहजिकरण गर्ने ।
• सामाजिक सुरक्षा भत्ता भौगोलिक विकटतालाई मध्यनजर गर्दै बैंकसंग सहकार्य गरि वडा वडामा गएर वितरण गर्ने व्यवस्था मिलाउने ।
• सबै घरधुरीहरुलाई लघुवित्त कार्यक्रममा आवद्ब गराउन प्रेरित गर्ने ।
२. सामाजिक विकासः शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, संस्कृति प्रर्वद्बन, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (महिला, बालवालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित, आदि) जस्ता क्षेत्रमा तपशिल बमोजिमका कार्यक्रमहरु संचालन गर्ने ।
क. शिक्षा तथा खेलकूदः
• सामुदायिक विद्यालयहरुमा आवश्यकता र सम्भाव्यताका आधारमा भौतिक निर्माण कार्य (जस्तैः कक्षाकोठा¸शौचालय¸खेल मैदान¸फर्निचर, खानेपानी) नियमित रुपमा गर्ने ।
• कक्षा १-१० सम्मका विद्यार्थीहरुबाट कुनै किसिमको शुल्क नलिने ।
• सामुदायिक विद्यालयबाट SEE उत्तीर्ण गरि प्रवेशिका परिक्षामा नाम निकाल्न सफल एक/एक जना विद्यार्थीलाई मापदण्ड निर्माण गरि MBBS र BE पढ्न ५० प्रतिशत पढाई खर्च उपलब्ध गराउने ।
• एक वडा एक नमुना विद्यालय कार्यक्रम संचालनमा ल्याइनेछ ।
• पालिकामा जिल्ला तथा प्रदेश स्तरिय खेलकूद संचालन गर्न सुविधा सम्पन्न रगंशाला निर्माण प्रक्रिया अगाडी बढाइने छ ।
• गाउँपालिकाबाट तलब भत्ता उपलब्ध गराउने गरि राखिएका शिक्षकहरुको दरवन्दी पुनःनिर्धारण गर्ने ।
• सम्पुर्ण सामुदायिक विद्यालयहरुमा ई-हाजिरी जडान गर्ने ।
• शिक्षकहरुलाई आवश्यकता अनुसार पुर्नताजगी तालिम प्रदान गर्ने ।
• कक्षा ४ देखि ७ र ९ कक्षाको परीक्षा पालिकास्तरीय गरि प्रश्नपत्र तथा उत्तरपुस्तिका जाँच सम्बन्धी सम्पुर्ण काम पालिकाको शिक्षा¸युवा तथा खेलकूद शाखा मार्फत गर्ने ।
• श्री धारीपाटा मा.वि. धारीमा व्यवस्थापन संकाय संचालन गर्नका लागि आवश्यक पहल गर्ने ।
• गाउँपालिकाको शिक्षा¸युवा तथा खेलकुद शाखाबाट मासिक रुपमा अनिवार्य विद्यालयहरुको अनुगमन निरीक्षण गर्ने ।
• श्री गौरिलमाण्डौ माध्यमिक विद्यालयमा¸हिकिला दार्चुलामा सव – इन्जिनियर पढाई संचालनका लागि पहल गरिनेछ ।
• “कक्षाकोठमा शैक्षिक सामग्री कार्यक्रम” र “एक विद्यालय अनेक खेलकूद सामग्री कार्यक्रम” संचालन गर्ने ।
• प्रत्येक विद्यालयहरुमा वैकल्पिक उर्जाको व्यवस्था मिलाउने ।
• विद्यार्थीको संख्या हेरी मापदण्ड अनुसार विद्यालय मर्जको नीति अवलम्बन गर्ने ।
• आयोग तयारी कक्षाहरु संचालन गरिनेछ ।
• विद्यालय कर्मचारी¸ सामुदायिक सिकाई केन्द्र कर्मचारी र बालविकास सहजकर्ताहरुको तलव मासिक रु. २¸०००/- ले वृद्बी गरिनेछ ।
ख. स्वास्थ्यः
• स्वास्थ्य चौकी तथा स्वास्थ्य केन्द्रहरुमा आवश्यकता र सम्भाव्यताका आधारमा भौतिक निर्माण कार्य (जस्तैः कार्यालय भवन¸शौचालय¸ फर्निचर र अन्य उपकरणहरु) नियमित गर्ने ।
• नेपाल सरकारले तोकेका निःशुल्क औषधीहरु नियमित रुपमा उपलब्ध हुने व्यवस्था मिलाउने ।
• घरघरमा स्वास्थ्य सेवा प्रवाहका लागि स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी तथा प्राथमिक उपचारका स्वास्थ्य सामग्रीहरुको २४ सैँ घण्टा उपलब्धता सुनिश्चित गर्ने ।
• स्वास्थ्य शाखाबाट मासिक रुपमा स्वास्थ्य चौकी लगायत अन्य स्वास्थ्य संस्थाहरुको अनुगमन गर्ने ।
• आङ खसेका महिलाहरुलाई निःशुल्क उपचारका लागि व्यवस्था मिलाउने ।
• स्वास्थ्य शिविरहरु संचालन गरि आम नागरिकहरुलाई घरदैलोमै विशेषज्ञ सेवा उपलब्ध गराउने
• उपाध्यक्ष कोशेली कार्यक्रमलाई निरन्तरता दिने ।
• दुहुँ गाउँपालिका भित्रका विकट बस्तीहरुमा समेत स्वास्थ्य सेवाको सुनिश्चितता गर्ने ।
• गाउँपालिकाबाट सदरमुकामसम्म निशुल्क रुपमा एम्बुलेन्स सेवा प्रदान गर्ने ।
ग. खानेपानी तथा सरसफाईः
• एक घर एक धारा एक शौचालयको नीति अवलम्बन गर्ने ।
• आवश्यक सार्वजनिक स्थलहरुमा शौचालय निर्माण गर्ने ।
• गाउँपालिका अन्तरगतका खानेपानी मुहानहरुको संरक्षण गर्ने ।
३. पूर्वाधार विकासः सडक तथा पुल (झोलङ्गे पुल समेत), सिंचाई, भवन तथा सहरी विकास, उर्जा, लघु तथा साना जलविद्युत, सञ्चार जस्ता क्षेत्रहरुमा तपशिल बमोजिमका कार्यक्रमहरु समावेश गर्ने ।
• सडक पहुँच नपुगेका बस्तिहरुलाई सडक सञ्जालमा जोड्न गाउँपालिका चक्रपथ तथा हिकिला- थाइसैन सडकका साथै अन्य कृषि सडकहरु विस्तार गर्ने ।
• विद्यालय तथा स्वास्थ्य संस्थाहरुसम्म एम्बुलेन्स जाने ग्रामिण सडक विस्तार गर्ने ।
• पालिका भित्र अब उप्रान्त निर्माण हुने सबै सरकारी/सामुदायिक भवनहरुमा एकरुपता कायम गर्दै भवन आचारसंहिता अनुसार निर्माण गर्ने ।
• सम्भावित क्षेत्र तथा वडाहरुमा लघु तथा साना जलविद्युत संरचना पुनःनिर्माणका लागि पहल गर्ने ।
• घरघरमा राष्ट्रिय प्रशारण लाईन जडान गर्न पहल गर्ने ।
• गाउँपालिका अन्तरगतका सम्पुर्ण सरकारी कार्यालयहरुमा वैकल्पिक उर्जाको व्यवस्था गर्ने ।
• गाउँपालिकाको भवन संहिता निर्माण गरि कार्यान्वयनमा ल्याउने ।
• दाम्दाकोटमा रहेको नेपाल टेलिकमको टावरको क्षमता बढाई विद्युत आपुर्ती नियमित गर्न पहल गर्ने
• बाढी पहिरोले क्षतिग्रस्त क्षेत्र तथा आवश्यक स्थानहरुमा झोलुङ्गे पुल निर्माण गर्ने ।
• गाउँपालिका अन्तरगत बन्ने सम्पुर्ण भौतिक संरचनाहरु लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण मैत्री बनाउने ।
४. वन, वातावरण तथा विपद् ब्यबस्थापनः वन तथा भू–संरक्षण, जलाधार संरक्षण, जलवायु परिवर्तन, फोहोरमैला व्यवस्थापन, जल उत्पन्न प्रकोप नियन्त्रण विपद् व्यवस्थापन, वारुणयन्त्र सञ्चालन जस्ता क्षेत्र समावेश गर्ने ।
• विपद व्यवस्थापन शाखा स्थापना गर्ने ।
• विपद् व्यवस्थापन पूर्व तयारी संयन्त्र २४ सै घण्टा उपलब्ध गराउने व्यवस्था मिलाउने ।
• गत मनसुनमा आएको विनाशकारी बाढी पहिरोबाट क्षतिग्रस्त क्षेत्र तथा पिडित परिवारहरुलाई यथाशीघ्र व्यवस्थापनका लागि पहल गर्ने ।
• आवश्यकता अनुसार भूगोल, वस्तुस्थिति र पर्यावरण अनुरुप नियमित वृक्षारोपण कार्यक्रममा उन्नत जातका बोटविरुवा रोप्ने ।
• वन विनाश¸ नदी तटीय क्षेत्रको अतिक्रमण¸वन पैदावार तथा वन्यजन्तुको चोरी निकासी निरुत्साहन गर्ने ।
• वातावरणीय सन्तुलन कायम गर्न तथा व्यवसायसंग जोड्न फलफूल तथा अन्य बोटविरुवाहरु उत्पादन गर्न “नर्सरी क्षेत्र विकास” गर्ने ।
• चट्याङ प्रतिरोधात्मक यन्त्र जडानका लागि आवश्यक पहल गर्ने ।
५. सुशासन तथा संस्थागत विकासः मानव संसाधन विकास, संस्थागत क्षमता विकास, राजस्व परिचालन, वित्तीय व्यवस्थापन, वित्तीय जोखिम न्यूनीकरण, सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण, आन्तरिक र अन्तिम लेखापरीक्षण, बेरुजु फछ्र्यौट, सेवा प्रवाहका मापदण्ड निर्धारण, सेवा प्रवाहमा बिद्युतीय सूचना प्रविधिको प्रयोग, नागरिक सन्तुष्टि सर्वेक्षण र अन्तरनिकाय समन्वय जस्ता क्षेत्र समावेश गर्ने ।
• सेवा प्रवाह चुस्तदुरुस्त र प्रभावकारी बनाउन नवीनतम सूचना प्रविधिको प्रयोग गर्ने ।
• आन्तरिक नियन्त्रण प्रणाली¸ अनलाईन राजश्व संकलन प्रणाली¸ अनलाईन घटना दर्ता प्रणाली लागु गर्ने ।
• गाउँपालिकाका सम्पूर्ण सेवाहरु प्रविधिमैत्री बनाउदै पारदर्शिता¸ जवाफदेहिता र सुशासन कायम गर्ने
• प्रत्येक शाखा¸वडा तथा संस्थाहरुको त्रैमासिक प्रगति-प्रतिवेदन कार्यपालिकामा पेश गर्ने र निरन्तर पृष्ठपोषण दिई सुधार गर्ने ।
• प्रत्येक सरकारी निकायहरुको त्रैमासिक अनुगमन र मूल्यांकन गर्ने/गराउने र सो को निरन्तर प्रतिवेदन कार्यपालिकामा पेश गर्ने ।
• आवश्यकता अनुसार मानव संसाधन क्षमता विकास कार्यक्रम संचालन गर्ने ।
• O & M र SoP गरि कार्यालयको संगठन संरचना व्यवस्थापन गर्ने ।
• सार्वजनिक सुनुवाई, सामाजिक परीक्षणलाई निरन्तरता दिने तथा नागरिक सन्तुष्टी सर्वेक्षण लागु गर्ने
• आवश्यक ऐन¸ कानुन¸ नीति¸ नियम¸ निर्देशिका¸ कार्यविधि र मापदण्डको तर्जुमा तथा समय सापेक्ष रुपमा परिमार्जन एवं संसोधन गर्ने ।
• उपभोक्ता समिति अनिवार्य रुपमा गाउँपालिकामा दर्ता गर्ने ।
• बेरुजु समयमै फर्छ्यौट गर्ने र बेरुजु न्युनिकरण गर्ने ।
अन्तमा¸
आगामी आर्थिक वर्ष २०७९।०८० को नीति तथा कार्यक्रम निर्माणमा सहयोग गर्नु हुने सम्पुर्ण जनप्रतिनिधि ज्यूहरु¸ कर्मचारीहरु¸ सल्लाह सुझाव दिनु हुने आम दुहुँबासी वुद्बिजिवी¸ समाजसेवि¸नागरिक समाज एवं सम्पुर्ण जनसमुदायहरुमा विशेष आभार व्यक्त गर्दै “समृद्ब दुहुँ¸सुखी दुहुँबासी” भन्ने नारालाई सार्थकता तुल्याउन यस नीति तथा कार्यक्रमको अक्षरांश पालना गर्न यहाँहरुको अमुल्य योगदान रहने अपेक्षा गर्दछु ।
.धन्यवाद !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय