दार्चुला । राष्ट्रिय प्रजातन्त्र पार्टीले देशभर किसानहरुको समस्या लिएर धर्ना दिने कार्यक्रम गर्ने भएको छ । सोमबार अर्थात (भोलि) किसान लाई मल बिउ समयमै उपलब्ध गराउने लगायत किसानको समस्या लाई लिएर ब्यानर प्लेकार्ड लिई ७७ वटै जिल्ला स्थित कृषि ज्ञान केन्द्र भवनमा धर्ना दिने र कोण सभा कार्यक्रम हुने राप्रपा दार्चुलाका प्रवक्ता नरेन्द्र सिह धामीले जानकारी दिए ।
आईतवार बसेको राप्रपा जिल्ला कमिटि बैठकले पनि दार्चुलाको गल्फै स्थित कृषि ज्ञान केन्द्रमा दिउँसो १२ बजे धर्ना दिने, कार्यालय प्रमुखलाई ज्ञापन पत्र बुझाउने र त्यसपश्चात कोणसभा गर्ने निर्णय गरेको छ । राप्रपा दार्चुलाले जिल्लाबासी सम्पूर्ण बुवा, आमा, दाजु भाइ तथा दिदी बहिनीहरुलाई उपस्थितिका लागि सार्वजनिक सुचना मार्फत अनुरोध गरेको छ ।
