दार्चुला । जिल्लाका विभिन्न स्थानमा अविरल वर्षा सँगै आएको पहिरोका कारण सडक अवरुद्ध भएका छन् । खलंगा– दल्लेख, सडक खण्ड अन्तर्गतको मालबेला क्षेत्रमा सडक माथिबाट पहिरो खस्दा सडक अवरूद्व छ । नेपाल प्रहरी र नेपाली सेनाद्धारा पहिरो हटाउने काम भइरहेको छ ।

सडक अवरूद्व हुँदा काटै, मुल्ला, मैखोली, दल्लेक लगायत नौगाड गाउँपालिकाका विभिन्न ठाउँको आवागमन रोकिएको छ । त्यो क्षेत्रमा सोमबार देखि नै पहिरो हटाउन सकिएको छैन । त्यस्तै उक्त पहिरोले सदरमुकाम खलंगा लगायत क्षेत्रको खानेपानी बेला बेला अवरुद्ध हुनेगरेको छ । विगत महिनौदेखि खानेपानीको समस्या भोगिरहेका खलंगाबासीका लागि उक्त पहिरोले थप समस्या निम्त्याएको हो । सो क्षेत्रमा प्रदेश सरकारले सडक खन्दा बेला–बेला खलंगाको खानेपानी अवरुद्ध हुने गरेको छ ।

त्यसैगरी महाकाली नगरपालिका–८ स्थित असिगडामा मंगलबार पुन राति खसेको पहिरोले अवरूद्व महाकाली राजमार्ग अहिले सामान्य रुपमा खुलेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । यस्तै शैल्यशिखर नगरपालिका वडा नम्वर ९ को नंक्तडमा घुम्ती मोड काटि फालेको माटो सडकमा आउदा राजमार्ग अवरुद्ध बनेको छ । सडक अबरुद्ध हुँदा लामो तथा छोटो दूरीमा चल्ने सवारीसाधन बीच बाटोमै रोकिएका छन् । सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय