दार्चुला . राज्यबाट सिमा सुरक्षाको जिम्मेवारी प्राप्त गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका सशस्त्र प्रहरी उपरिक्षक त्रिभुवन विष्टले पहिलो पटक चिन संगको सिमानाका स्थलगत अनुगमन निरिक्षण गर्नु भएको छ । सशस्त्र प्रहरी उपरिक्षक विष्टले दार्चुला जिल्लाको उत्तरी क्षेत्र ब्याँस गाउँपालिका–१ मा पर्ने नेपालको तिंकर भञ्ज्याङ पुगेर नेपाल–चिन सिमामा रहेको पिलर नम्बर–१ को अवस्था तथा सिमा सुरक्षाको अवस्थाका बारेमा जानकारी लिनु भएको छ ।
२०७८ माघ महिना देखी ४४ नम्बर गण दार्चुलाको कमाण्ड सम्हाल्दै आउनु भएका सशस्त्र प्रहरी उपरिक्षक विष्ट चिन संगको सिमानाका पुगेर स्थलगत अनुगमन गर्ने पहिलो गणपति हुन् । ब्याँस गाउँपालिका–१ छाङरुबाट दुई दिनको पैदल दुरीमा पर्ने नेपाल–चिन सिमानाकामा रहेको पिलर नम्बर–१ को अवस्था र सिमा सुरक्षाको अवस्था सामान्य रहेको स्थलगत अुनगमन पछि सशस्त्र प्रहरी उपरिक्षक विष्टले प्रतिक्रिया दिनु भएको छ ।
‘सशस्त्र प्रहरीले प्राप्त गरेको सिमा सुरक्षाको जिम्मेवारी अन्तरगत नेपाल–चिन सिमाको स्थलगत अनुगमन निरिक्षण गरिएको हो, ४४ नम्बर गण दार्चुलाका सशस्त्र प्रहरी उपरिक्षक विष्टले भन्नुभयो ।’

साथै सशस्त्र प्रहरी उपरिक्षक विष्टले भारतद्धारा अतिक्रमित नेपाली भुमी कालापानी, लिपुलेक र लिम्पियाधुराको अवस्थाका बारेमा पनि जानकारी लिनु भएको छ । तिंकर भञ्ज्याङ पिलर नम्बर १ हुँदै चिनको ताक्लाकोट पुगिन्छ । सशस्त्र प्रहरी उपरिक्षक विष्ट नेतृत्वको टोलीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म छाङरुका गुल्मपति धिरेन्द्र शाह, दार्चुलाका प्रमुख अनुसन्धान अधिकृत महेश प्रसाद अवस्थी, नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक हर्क महता लगायत अन्य प्रहरी रहेका थिए । Dfm
